
नेपाल धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष हेमराज ढकाल नियुक्तHemraj Dhakal Appointed as Director of Nepal Securities Board
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त गरिएको छ। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ढकालले उक्त पद सम्हाल्ने भएका हुन्।
बुधबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नवनियुक्त सञ्चालक ढकाललाई शपथ गराएका छन्। बोर्डको नियम अनुसार निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति सञ्चालकमा नियुक्त हुने व्यवस्था रहेको छ।
सोही प्रावधानअनुसार केही समयदेखि खाली रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।
Kathmandu — Vice President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Hemraj Dhakal, has been appointed as a director of the Nepal Securities Board. Dhakal will represent the private sector in the board.
On Wednesday, the board’s chairman, Santosh Narayan Shrestha, administered the oath of office to the newly appointed director. As per the board’s provisions, a senior official from FNCCI is appointed as a director to represent the private sector.
Dhakal’s appointment fills the position, which had been vacant for some time.




