NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. High Turnover, Strong Buying from Top Brokers but Market Remains Technically Negative
    नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्यो
    Investor
    2 min read
    Published on June 12, 2025
    NEPSE trading

    नेप्सेमा लगभग ३ महिना यताकै उच्च कारोबार, बजार भने ९ अंकले घट्योHigh Turnover, Strong Buying from Top Brokers but Market Remains Technically Negative

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ओरालो लागेको छ। अघिल्लो दिन पनि घटेको बजारले सोही ट्रेन्डलाई बिहीबार पनि निरन्तरता दिएको हो।
    बिहीबार नेप्से ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा पुगेको छ। बजार घट्नुपर्ने प्रमुख कारण जलविद्युत् क्षेत्रको उच्च कारोबार भए पनि त्यसमाथि देखिएको भारी सेल प्रेशर हो।
    यद्यपि नेप्से घटे पनि कुल कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। बुधबार ९ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३११ कम्पनीको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ।
    पियोर इनर्जीको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। बिहीबार सो कम्पनीको शेयर मूल्य ७४ रुपैयाँ ९० पैसाले बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो।
    त्यस्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ७ प्रतिशत नजिकले वृद्धि भएको छ भने रसुवागढी हाइड्रोपावर र तेह्रथुम पावरको मूल्य ५.९९ प्रतिशतले बढेको छ। सो दिन गुराँस लघुवित्तको शेयर मूल्य भने सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ।
    कारोबार रकमको हिसाबले ङादी ग्रुप पावर शीर्ष स्थानमा देखिएको छ। सो कम्पनीको शेयर कारोबार १ अर्ब ८ करोड १४ लाख रुपैयाँ नाघेको छ। यस्तै, सानिमा माइ हाइड्रोको ७५ करोड र राधी पावरको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
    १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूह ओरालो लागेको छ। होटल तथा पर्यटन समूह सर्वाधिक २.१४ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त, जलविद्युत् र म्युचुअल फण्ड समूह सामान्य रूपमा बढेका छन्। व्यापार समूह भने सबैभन्दा बढी १.०९ प्रतिशतले घटेको छ।

    अब लागौं प्रविधिक विश्लेषणतर्फ
    बुधबार बनेको “टुईजर टप“ क्यान्डलको लोभन्दा बिहीबारको क्यान्डल तल बन्द भएपछि उक्त टुईजर टप भ्यालिड भएको छ। यससँगै बजारले अर्को LH पनि बनाएको छ।
    चार्टमा मिडल ब्यान्ड र ५० दिने मूभिङ एभरेज दुबैको ब्रेकडाउन भएको देखिन्छ। विशेष कुरा के छ भने—ब्रेकडाउनकै दिन कारोबार रकम लगभग तीन महिनायताकै उच्च देखिएको छ, जसले ब्रेकडाउनलाई बलियो पुष्टि गर्छ।
    RSI पनि ५० भन्दा तल झरेको छ, जसले बजारमा बाइङ मोमेन्टम कमजोर भएको जनाउँछ। साथै, बजारमा देखिएको डेथ क्रसओभर अझै जारी छ, जुन दीर्घकालीन नकारात्मक भएको दावी गरिएको छ।

    दिनभर स्थिर देखिएको बजार अन्तिम समयतिर जलविद्युत् समूहमा ठुलो सप्लाई देखियो, जसले बजारलाई थप दबाबमा राख्यो।
    अर्को गम्भीर संकेत के छ भने, लगातार केही दिनदेखि बजारको अन्तिम १५ मिनेटको ट्रेडिङमा १५ मिनेटको औसत वेटेजले परिसूचकलाई ३–४ अंकले घटाएको छ।
    यसले अन्तिम समयमा बिक्रेताहरू किन्नेलाई दबाबमा पारिरहेका छन्, जुन बजारका लागि सकारात्मक संकेत होइन।

    अब लागौं ब्रोकरको विश्लेषणतर्फ
    आजको बजारमा ब्रोकरको अवस्था हेर्दा टप कारोबार गर्ने १० ब्रोकरमध्ये ७ वटा ब्रोकरले सेलभन्दा बढी बाइ गरेको देखिन्छ भने ३ वटा ब्रोकरले तुलनात्मक रूपमा बढी सेल गरेका छन्।
    बजार घटे पनि ठूला ब्रोकरको खरीद दरले बजार माथि जान सक्ने हो कि भनेर केही विश्लेषकले विश्लेषण समेत गरेका छन्।

    On the last trading day of the week, Thursday, the NEPSE index continued its downward trend. After declining the previous day, the market extended the same trend, dropping by 9.08 points to close at 2,655.38.

    Despite heavy trading in the hydropower sector, strong selling pressure in the segment dragged the market down. However, overall transaction volume saw a notable increase. On Wednesday, the total turnover was NPR 9.90 billion, whereas on Thursday, shares worth NPR 12.51 billion were traded in 102,895 transactions involving 311 companies, totaling over 28.6 million shares.

    • Pure Energy hit the positive circuit level for the second consecutive day, rising NPR 74.90 to close at NPR 824.70.

    • Chandragiri Hills surged by nearly 7%, while Rasuwagadhi Hydropower and Tehrathum Power increased by 5.99%.

    • On the downside, Guras Laghubitta saw the biggest drop of the day, falling 9.90%.

    In terms of turnover, Ngadi Group Power topped the list with over NPR 1.08 billion in trades. Sanima Mai Hydropower recorded over NPR 750 million in turnover, and Radhi Power saw about NPR 540 million worth of shares traded.

    Out of 13 sub-indices, 4 gained while 9 declined. The Hotel and Tourism sub-index rose the most at 2.14%. Finance, Hydropower, and Mutual Fund sectors saw minor gains, while the Trade sub-index fell the most, down by 1.09%.

    Technical Analysis

    Thursday’s candle closed below the low of Wednesday’s “Tweezers Top” formation, validating the bearish pattern. The chart also formed another Lower High (LH), reinforcing the downward trend.

    Both the middle Bollinger Band and 50-day Moving Average were broken. Importantly, the breakdown occurred on the highest trading volume in nearly three months, confirming the weakness.

    RSI has dropped below 50, signaling weakening buying momentum. The Death Cross (short-term MA crossing below long-term MA) remains active, indicating a long-term bearish outlook.

    Although the market was relatively stable throughout the day, heavy supply appeared in hydropower stocks during the final trading minutes. A concerning trend is that for several consecutive days, the last 15 minutes of trading have consistently pulled the index down by 3–4 points. This indicates sellers dominating buyers during the closing minutes — a negative signal for the market.

    Broker Analysis

    Among the top 10 brokers by transaction volume, 7 showed higher buying than selling, while 3 had relatively higher sell-side activity. Despite the index dropping, the strong buying interest from large brokers has led some analysts to speculate whether the market might be preparing for an upward reversal.


    While high turnover and broker activity suggest underlying interest in the market, technical indicators remain clearly bearish. The breakdown of key support levels, weak RSI, and continued death cross pattern point to caution. Traders and investors are advised to remain vigilant and avoid aggressive buying until a confirmed reversal signal appears.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026