दोलखामा दुईवटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइतबार (कात्तिक ११ गते) देखि आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृति लिएर विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकका लागि शेयर बिक्री खुला गरेको हो।
जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको यस कम्पनीले कुल ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता शेयर दोलखाका स्थानीयलाई छुट्याइएको छ। बिगु र कालिन्चोक गाउँपालिकाका अति प्रभावित वडाहरू (बिगुका ५, ६, ७, ८ र कालिन्चोकका २, ३, ४) का बासिन्दाले १० लाख १४ हजार कित्ता र यी दुई पालिकाका अन्य वडावासीले ६ लाख ७६ हजार कित्ता शेयरमा आवेदन दिन पाउनेछन्। त्यसैगरी, सर्वसाधारणतर्फ निष्कासन हुने शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५ सय कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ।
बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि मागदाबी गर्न सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ भने स्थानीय बासिन्दाका लागि कात्तिक २५ गते (पूर्ण आवेदन नपरेमा ढिलोमा मंसिर १० गते) सम्मको म्याद तोकिएको छ। विदेशमा रहेकाहरूले 'मेरो शेयर' मार्फत सहजै अनलाइन आवेदन दिन सक्नेछन्। तर, स्थानीय बासिन्दाले भने तोकिएका बैंकका शाखा (नेपाल इन्भेष्टमेन्ट, प्रभु र सिन्धु विकास बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइजको सुनखानी काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखा) बाट २ रुपैयाँ शुल्क तिरेर भौतिक फारम भर्नुपर्नेछ।
इक्रा नेपालले यो आईपीओलाई ‘डबल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको औंल्याउँछ। हाल कम्पनीले दोलखामा २० मेगावाटको साँगु खोला र ५.५ मेगावाटको साँगु खोला–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यी दुवै आयोजनाले गत वर्ष (२०८२ साल) को साउन र असोजदेखि नै नियमित रूपमा विद्युत् उत्पादन गर्दै आएका छन्। झन्डै ४ अर्ब ८० करोड कुल लागतमा निर्माण भएका यी दुवै आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अझै २८ वर्ष बाँकी रहेको कम्पनीले जनाएको छ।

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो : पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई अवसरHim Parbat Hydropower Opens IPO for Locals and Migrant Workers
Him Parbat Hydropower Limited has officially opened its Initial Public Offering (IPO) starting today (Kartik 11). In this first phase, the company is issuing ordinary shares exclusively to the local residents of the project-affected areas in Dolakha district and to Nepali citizens working abroad with valid labor permits.
Out of the total 5.91 million shares approved for issuance, the company has allocated 1.69 million shares (worth Rs 169 million) for local residents. Specifically, 1.01 million shares are reserved for the highly affected locals residing in Wards 5, 6, 7, and 8 of Bigu Rural Municipality, and Wards 2, 3, and 4 of Kalinchowk Rural Municipality. The remaining 676,000 shares are set aside for the residents of other wards within these two municipalities. Furthermore, 422,500 shares—which equals 10 percent of the general public quota—have been secured for Nepalis in foreign employment.
Interested investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. For migrant workers, the application deadline is set for Kartik 16 at the earliest, extending up to Kartik 25. For project-affected locals, the deadline is Kartik 25, which may be pushed to Mangsir 10 if the issue remains undersubscribed. While migrant workers can easily apply online via the 'MeroShare' portal or the C-ASBA system, local residents are required to submit physical applications (available for a Rs 2 fee) at designated branches of Nepal Investment Bank, Sindhu Bikas Bank, Prabhu Bank, Laxmi Sunrise Bank, and Citizens Bank.
ICRA Nepal has assigned an 'ICRANP-IR BB+' rating to the IPO, indicating a moderate risk in the company's ability to fulfill its financial obligations. Citizens Capital Limited has been appointed as the issue manager. Currently, the company operates two projects: the 20 MW Sangu Khola Hydropower (built at an estimated cost of Rs 3.65 billion) and the 5.5 MW Sangu Khola-1 Hydropower (Rs 1.15 billion). Both projects have already commenced commercial electricity generation since 2082 BS.



