हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
Author
NEPSE TRADING

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आगामी असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।
कम्पनीले आफ्नो ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीको ३० प्रतिशत अर्थात ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई र ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ।
अब कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २७ गते छिटोमा बन्द हुनेछ भने ढिलोमा साउन ६ गते बन्द हुनेछ।