हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभा पुनः बस्ने सूचनाHimal Dolakha Hydropower: Rescheduled Annual General Meeting Notice
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on June 19, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
प्रकाशित : मिति : २०८३/०३/०५ गते
यस हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको मिति २०८३/०३/०४ गते बिहान १०:०० बजे बस्ने गरी बोलाईएको सत्रौं र अठारौं वार्षिक साधारण सभा प्रारम्भ गर्नको लागि कम्पनी ऐन, २०६३ को दफा ७३ तथा कम्पनीको नियमावलीको व्यवस्था अनुसारको गणपूरक संख्या पुग्न नसकी स्थगित हुन गएकोमा कम्पनीका संचालक समितिको मिति २०८३/०३/०४ गते दिउँसो ३:०० बजे बसेको ५८औं बैठकको निर्णयानुसार उक्त स्थगित वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा पुनः बस्ने भएकोले शेयरधनी महानुभावहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति : २०८३/०३/२६ गते शुक्रवार
स्थान : बिग बैंक्वेट एण्ड इभेन्ट्स प्रा. लि., टौखेल, ललितपुर ।
समय : बिहान ९:३० बजे
साधारणसभा सम्बन्धी जानकारी:
१) कम्पनीको सत्रौं र अठारौं वार्षिक साधारण सभामा शेयरधनीहरुको गणपूरक संख्या नपुगी स्थगित हुन गएकोले सोही साधारण सभाको निरन्तरताको रुपमा रहेकोले सोही वार्षिक साधारण सभाको लागि तोकिएको प्रस्तावहरु उपर छलफल तथा निर्णय हुने र साधारण सभाको प्रयोजनको निमित्त यस अघि कम्पनीमा दर्ता भएका प्रतिनिधि-पत्र (प्रोक्सी) लाई मान्यता दिईनेछ । पुनः बोलाईएको साधारण सभामा शेयरधनी स्वयं उपस्थित हुन नसक्ने अवस्था भएमा प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न सकिनेछ । यस्तो प्रतिनिधि-पत्र (प्रोक्सी फारम) सभा हुनु भन्दा २४ घण्टा अगावै कम्पनीको कार्यालयमा दर्ता गर्न हुन अनुरोध गरिन्छ।
२) साधारण सभा सम्बन्धी अन्य जानकारी आवश्यक भएमा फो. नं. ०१-४५२६२४४ मा कार्यालय समय भित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
Published Date: २०८३/०३/०५
This notice is published for the information of esteemed shareholders as the Seventeenth and Eighteenth Annual General Meeting (AGM) of Himal Dolakha Hydropower Company Limited, which was called to commence at 10:00 AM on २०८३/०३/०४, was postponed due to the quorum not being met as per Section ७३ of the Companies Act, २०६३ and the company's articles of association. As per the decision of the ५८th meeting of the company's Board of Directors held at 3:00 PM on २०८३/०३/०४, the postponed Annual General Meeting will reconvene on the following date, at the following place and time.
Meeting Date: २०८३/०३/२६, Friday
Place: Big Banquet & Events Pvt. Ltd., Taukel, Lalitpur.
Time: 9:30 AM
Information regarding the Annual General Meeting:
१) Since the Seventeenth and Eighteenth Annual General Meeting of the company was postponed due to the quorum of shareholders not being met, and as this is a continuation of the same Annual General Meeting, the proposals specified for that Annual General Meeting will be discussed and decided upon. For the purpose of the Annual General Meeting, proxy forms previously registered with the company will be recognized. If a shareholder is unable to attend the reconvened Annual General Meeting in person, a representative (proxy) may be appointed. Such proxy forms are requested to be registered at the company's office at least २४ hours before the meeting.
२) For any other information regarding the Annual General Meeting, please contact the office during office hours at phone no. ०१-४५२६२४४.




