हिमालय पावर पार्टनरकाे १२औं साधारण सभाबाट ५०% हकप्रद सेयर पारित
Author
NEPSE trading
हिमालय पावर पार्टनर लिमिटेडको पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले पुस ७ गते सञ्चालक समितिको ६७औं बैठकमार्फत आर्थिक वर्ष २०८०/८१ का लागि नगद वा बोनस लाभांश नदिने तर १ बराबर ०.५ प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव साधारण सभाबाट अनुमोदन भएपछि अब कम्पनीले हकप्रद सेयर जारी गर्ने पक्का भएको हो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ।
साधारण सभामा अन्य महत्वपूर्ण विषयमा पनि छलफल गरियो भने कम्पनीले आगामी दिनमा परियोजनाहरूलाई थप प्रभावकारी बनाउँदै सेयरधनीलाई दीर्घकालीन लाभ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।