NEPSEtrading

Live NEPSE data, charts, broker analysis and portfolio tools for investors in Nepal.

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Marketminds Investment Group Private Limited

Registration
DOIB certificate no. 4680-2081/2082
Editor-in-chief
Dipesh Ghimire, Director
9802363868, 9851119988
Office
Koteshwor 32, Kathmandu
Phone
01-5253221, +977 9709066745
Email

Contact support

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

Get the app

Markets, signals and alerts on your phone.

Get it onGoogle Play

More from NEPSE Trading

  • Stock EducationFree share market courses
  • EconomyNepal and world economic data
  • BFIS CompareBank rates, loans and insurance
  • Nepal's CapitalsMutual fund NAV and dividends
  • JobsNepalJobs in Nepal

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

© 2026 nepsetrading.com. All rights reserved. Owned and operated by Marketminds Investment Group Private Limited.·Charts powered by TradingView

  • Portfolio
  • Explore
  • Calendar
  • Chart
  • Social
  • News
  • Account
  1. News
  2. Investor
  3. Himalayan Bank's Profit Falls by 74.33%, EPS Also Affected

हिमालयन बैंकको मुनाफा ७४.३३% ले घट्यो, इपीएसमा पनि असरHimalayan Bank's Profit Falls by 74.33%, EPS Also Affected

NEPSE trading Published on April 20, 20252 min read
हिमालयन बैंकको मुनाफा ७४.३३% ले घट्यो, इपीएसमा पनि असर

हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१-८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ७४.३३ प्रतिशतले घटेको छ। यो अवधिमा बैंकले ५० करोड ४८ हजार रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ९४ करोड ८१ हजार रुपैयाँ मुनाफा कमाएको थियो।

खुद ब्याज आम्दानीमा कमी

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड २ लाख ४१ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यो रकम ८ अर्ब ४३ करोड ३९ लाख २२ हजार रुपैयाँ थियो। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि ४.६३ प्रतिशतले घटेर ९ अर्ब १० करोड ५८ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। गत वर्ष यो रकम ९ अर्ब ५५ करोड २२ लाख ५७ हजार रुपैयाँ थियो।

सञ्चालन मुनाफा भने बढ्यो

खुद मुनाफामा कमी आए पनि बैंकको सञ्चालन मुनाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड १५ लाख ३१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ३ अर्ब ५१ करोड ८९ लाख ३३ हजार रुपैयाँ थियो। यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ६.७९ प्रतिशतले बढेर ७ अर्ब ९० करोड ६३ हजार रुपैयाँ पुगेको छ।

खराब कर्जा र इम्पेयरमेन्ट चार्जमा वृद्धि

बैंकको खराब कर्जा (नन-परफर्मिङ लोन) गत वर्षको ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ, जुन २.७२ प्रतिशतको वृद्धि हो। यसले बैंकको समग्र वित्तीय स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको देखिन्छ। त्यस्तै, इम्पेयरमेन्ट चार्ज पनि २ अर्ब २५ करोड ७३ लाख ७४ हजारबाट घटेर १ अर्ब ३१ करोड ९५ लाख १८ हजार रुपैयाँ कायम भएको छ।

वितरणयोग्य मुनाफा ऋणात्मक

हिमालयन बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३६ करोड ३ लाख ४५९ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष यो रकम ५ अर्ब २४ करोड २ लाख ४८९ रुपैयाँ ऋणात्मक थियो। यो अवस्थाले बैंकको लाभांश वितरण क्षमतामा ठूलो चुनौती देखिएको छ।

चुक्ता पुँजी र जगेडाकोष

बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा स्थिर छ। जगेडाकोषमा भने १.९१ प्रतिशतले वृद्धि भई २२ अर्ब ८३ करोड ५९ लाख ४ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो रकम २२ अर्ब ४० करोड ७९ लाख ९१ हजार रुपैयाँ थियो।

निक्षेप र कर्जा

समीक्षा अवधिमा बैंकको निक्षेप २.४६ प्रतिशतले बढेर ३०१ अर्ब १३ करोड ७९ लाख ७८ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो रकम २९३ अर्ब ८९ करोड ९५ लाख ९० हजार रुपैयाँ थियो। त्यस्तै, कर्जा प्रवाह १.४३ प्रतिशतले बढेर २३३ अर्ब ५३ करोड ४८ लाख ६६ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यो रकम २३० अर्ब २३ करोड ९७ लाख ४२ हजार रुपैयाँ थियो।

मुख्य सूचकहरूमा प्रभाव

  • प्रतिसेयर आम्दानी (इपीएस): गत वर्ष ११ रुपैयाँ ९९ पैसा रहेको इपीएस ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ८ पैसामा झरेको छ।

  • प्रतिसेयर नेटवर्थ: प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ, जुन गत वर्षको तुलनामा स्थिर छ।

  • लगानीको लागत (कस्ट अफ फन्ड्स): ७.५३ प्रतिशतबाट घटेर ५.०३ प्रतिशतमा झरेको छ।

  • बेस रेट: ९.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशतमा आएको छ।

हिमालयन बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरणले मुनाफामा ठूलो गिरावट र खराब कर्जामा वृद्धिलाई संकेत गरेको छ। यद्यपि, सञ्चालन मुनाफा र निक्षेप-कर्जा विस्तारमा भएको वृद्धिले केही सकारात्मक पक्ष देखाएको छ। बैंकले खराब कर्जा व्यवस्थापन र मुनाफा वृद्धिका लागि थप रणनीति अपनाउनुपर्ने देखिन्छ।

Himalayan Bank Limited has released its financial report for the third quarter of the fiscal year 2081-82 (2024-25). According to the report, the bank's net profit has decreased by 74.33% compared to the same period last year. During this period, the bank earned a net profit of only NPR 500.048 million, down from NPR 1,948.181 million in the same period last year.

Decline in Net Interest Income

During the review period, the bank's net interest income dropped by 8.08%, reaching NPR 7,752.411 million. In the same period last year, this figure stood at NPR 8,433.922 million. Similarly, the total operating income decreased by 4.63%, amounting to NPR 9,109.581 million, compared to NPR 9,552.257 million in the previous year.

Operating Profit Sees Growth

Despite the decline in net profit, the bank's operating profit increased by 8.31%, reaching NPR 3,811.531 million. Last year, the operating profit was NPR 3,518.933 million. Additionally, the net operating income rose by 6.79%, reaching NPR 7,900.063 million.

Rise in Non-Performing Loans and Impairment Charge

The bank's non-performing loans (NPL) increased from 4.96% last year to 7.68%, marking a rise of 2.72%. This increase indicates a negative impact on the bank's overall financial health. Meanwhile, the impairment charge decreased from NPR 2,257.374 million to NPR 1,319.518 million.

Distributable Profit Remains Negative

Himalayan Bank's distributable profit stands at a negative NPR 7,363.459 million. Last year, this figure was negative NPR 5,242.489 million. This situation highlights a significant challenge to the bank's ability to distribute dividends.

Paid-Up Capital and Reserves

The bank's paid-up capital remains steady at NPR 21,656.615 million, unchanged from last year. However, the reserve fund saw a 1.91% increase, reaching NPR 22,835.904 million, up from NPR 22,407.991 million last year.

Deposits and Loans

During the review period, the bank's deposits grew by 2.46%, reaching NPR 301,137.978 million, compared to NPR 293,899.590 million last year. Similarly, loans and advances increased by 1.43%, amounting to NPR 233,534.866 million, up from NPR 230,239.742 million in the previous year.

Key Financial Indicators

  • Earnings Per Share (EPS): The EPS dropped by NPR 8.91, from NPR 11.99 last year to NPR 3.08 this year.

  • Net Worth Per Share: The net worth per share remains stable at NPR 171.44, consistent with last year.

  • Cost of Funds: The cost of funds decreased from 7.53% to 5.03%.

  • Base Rate: The base rate fell from 9.84% to 6.80%.

Himalayan Bank's third-quarter financial report reflects a significant decline in net profit and a rise in non-performing loans. However, growth in operating profit and the expansion of deposits and loans provide some positive insights. The bank needs to adopt stronger strategies to manage non-performing loans and enhance profitability moving forward.

Trending News

  • देशभरको मौसम मुख्यतया सफा, कोशीको तराईमा हल्का वर्षाको सम्भावनाWeather Mainly Fair Across Nepal, Light Rain Likely in Koshi Terai

    NEPSE TRADING21 Nov, 2026

  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसाNRB Sets Foreign Exchange Rates: US Dollar Selling Rate at Rs 148.58

    NEPSE TRADING21 Nov, 2026

  • परिसूचक ओरालो लाग्दा पनि बढ्यो कारोबार, प्राविधिक विन्दु र सस्ता सेयरमा लगानीकर्ताको नजरTurnover Rises Despite Index Decline as Investors Eye Technical Levels and Bargain Stocks

    NEPSE TRADING20 Nov, 2026

Related News

  • देशभरको मौसम मुख्यतया सफा, कोशीको तराईमा हल्का वर्षाको सम्भावनाWeather Mainly Fair Across Nepal, Light Rain Likely in Koshi Terai
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक : अमेरिकी डलरको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसाNRB Sets Foreign Exchange Rates: US Dollar Selling Rate at Rs 148.58
  • परिसूचक ओरालो लाग्दा पनि बढ्यो कारोबार, प्राविधिक विन्दु र सस्ता सेयरमा लगानीकर्ताको नजरTurnover Rises Despite Index Decline as Investors Eye Technical Levels and Bargain Stocks
  • प्रधानमन्त्री शाहको दिल्ली यात्रा ‘छोटो र कार्यमूलक’, हवाईमार्ग र मल कारखाना मुख्य एजेण्डाPM Shah’s Delhi Trip ‘Short and Functional,’ Air Routes and Fertilizer Plant Top Agenda
  • संसद्‌मा बहस र समितिका बैठक सुस्त, माननीयहरू भने ‘विदेश मोह’ मा मस्त : सात महिनामा ४९ को औपचारिक उडान, अनौपचारिकको हिसाबै छैनParliamentary Debates and Committee Meetings Stall as Lawmakers Embark on Foreign Junkets: 49 on Official Record in Seven Months, Unrecorded Trips Countless