NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Himalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth
    हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछाल
    Investor
    1 min read
    Published on August 14, 2025
    NEPSE TRADING

    हिमालयन डिष्टिलरीको नाफा १६१% ले वृद्धि, बिक्री आम्दानीमा ठूलो उछालHimalayan Distillery Posts 161% Surge in Annual Profit on Strong Revenue Growth

    हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ, जसको मुख्य कारण बिक्री आम्दानीमा आएको ठूलाे वृद्धि र सञ्चालन मुनाफामा सुधार हो ।

    बिक्री वृद्धिसँगै नाफामा उच्च वृद्धि
    असार मसान्त २०८२ सम्ममा कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३६ करोड ५० लाख रुपैयाँको तुलनामा १६१.१३ प्रतिशत बढी हो । यो नाफा वृद्धिको मुख्य कारण सञ्चालन आम्दानी (Gross Revenue) मा आएको ७३.३० प्रतिशतको वृद्धि हो, जसअन्तर्गत बिक्री आम्दानी ४ अर्ब १५ करोड रुपैयाँबाट बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

    सञ्चालन दक्षतामा सुधार
    कम्पनीको कुल नाफा (Gross Profit) ७७.२८ प्रतिशत बढेर २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जसले लागत नियन्त्रण र उत्पादन दक्षतामा सुधार भएको संकेत गर्छ । सञ्चालन मुनाफा (Operating Profit) १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४८ करोड ३२ लाख रुपैयाँको तुलनामा १६६.७८ प्रतिशत बढी हो । यस अवधिमा गैर–सञ्चालन आम्दानी ६ करोड ६९ लाख रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको स्तरमै रहेको छ ।

    प्रति सेयर आम्दानी र मूल्यांकन
    समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १७ रुपैयाँ ३६ पैसाले बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३९.८७ गुणामा पुगेको छ, जसले बजारमा कम्पनीप्रति उच्च मूल्यांकन भएको संकेत गर्छ ।

    पूँजी संरचना
    कम्पनीको चुक्ता पूँजी १५ प्रतिशत बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ६१.३२ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय आधार अझ मजबुत भएको देखाउँछ ।

    हिमालयन डिष्टिलरीको २०८१/८२ को नतिजाले कम्पनीले तीव्र वृद्धि चरणमा प्रवेश गरेको देखाउँछ । बिक्री वृद्धिसँगै सञ्चालन नाफामा आएको दोहोरो भन्दा बढीको वृद्धि कम्पनीको लागत नियन्त्रण र व्यवसायिक क्षमता विस्तारमा सफलताको प्रमाण हो । तर, ३९.८७ गुणाको उच्च P/E अनुपातका कारण बजारमा कम्पनीप्रति लगानीकर्ताको अपेक्षा उच्च छ, जसलाई निरन्तरता दिन भविष्यमा पनि बिक्री विस्तार र नाफा मार्जिन कायम राख्नु कम्पनीको मुख्य चुनौती हुनेछ ।

    Himalayan Distillery Limited (HDL) has reported its unaudited financial results for the fourth quarter of fiscal year 2081/82, revealing a substantial increase in net profit, driven by strong sales growth and higher operating margins.

    Profit Soars on Robust Sales Performance
    As of Ashad-end 2082, the company posted a net profit of NPR 953.26 million, up 161.13% from NPR 365.05 million in the previous fiscal year. This sharp jump in profitability was primarily fueled by a significant rise in gross revenue from operations, which surged by 73.30% to NPR 7.20 billion from NPR 4.16 billion a year earlier.

    Operational Efficiency Boosts Margins
    Gross profit climbed 77.28% to NPR 2.17 billion, indicating improved cost control and enhanced production efficiency. Operating profit more than doubled, rising 166.78% to NPR 1.29 billion from NPR 483.23 million in the previous year, reflecting strong operational leverage as sales expanded. Non-operating income remained stable at NPR 66.95 million, contributing marginally to the overall profit growth.

    Earnings Per Share and Valuation
    Earnings per share (EPS) rose sharply by NPR 17.36 to NPR 31.02, compared to NPR 13.66 in the previous year, underscoring the significant improvement in shareholder returns. The company’s net worth per share stood at NPR 135.84, while the price-to-earnings (P/E) ratio was recorded at 39.87, reflecting a relatively high market valuation.

    Capital Structure
    Himalayan Distillery’s paid-up capital increased by 15% to NPR 3.07 billion, while other equity surged 61.32% to NPR 1.10 billion, indicating strengthened financial reserves to support future expansion.

    Himalayan Distillery’s FY 2081/82 results reflect a strong growth phase, driven by substantial increases in sales volume and operating profitability. The company’s ability to convert higher revenues into significantly greater profits demonstrates effective cost management and operational scalability. However, with the P/E ratio at 39.87, the stock is trading at a premium valuation, suggesting that market expectations for sustained growth are high. Maintaining this momentum will require the company to continue expanding sales while preserving its improved margins in the face of potential cost pressures and market competition.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026