
हिमालयन इन्भेष्टमेन्ट बैंकरद्वारा ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरुHimalayan Investment Banker Launches ‘HLI Large Cap Fund’ from Today
हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आज (भदौ १५ गते)देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन सुरु गरेको छ। यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने कम्पनीको पहिलो बन्दमुखी योजना हो।
कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाइमध्ये बीज पुँजीका लागि ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित गरेको छ। बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाइ सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको हो।
लगानीकर्ताले यस योजनाको इकाइ खरिदका लागि भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २९ गतेसम्म म्याद थप गरिनेछ।
आवेदन दिन न्यूनतम १०० इकाइ र अधिकतम ४ करोड इकाइ माग गर्न सकिनेछ। तर, न्यूनतम इकाइ बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र आवेदकलाई रकम फिर्ता गरिने व्यवस्था छ।
इकाइ बाँडफाँटको मितिले १० वर्ष अवधिको यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नै रहनेछ।
Kathmandu — Himalayan Investment Banker Limited has launched the ‘HLI Large Cap Fund’ from today (Bhadra 15). This is the company’s first closed-end scheme under the Himalayan Life Insurance Mutual Fund.
The company is issuing 400 million units worth NPR 4 billion at a par value of NPR 10 per unit. Out of this, 50% — i.e., 200 million units worth NPR 2 billion — has been secured for the fund promoter, Himalayan Life Insurance. The remaining minimum 200 million units worth NPR 2 billion are being issued to the general public.
Investors can apply for the fund’s units until Bhadra 18. If sufficient applications are not received within this period, the deadline will be extended until Bhadra 29.
Applications must be for a minimum of 100 units and can go up to a maximum of 40 million units. However, if the minimum required subscription is not met, the scheme will be canceled and applicants’ money refunded within 15 days.
The scheme will have a tenure of 10 years from the date of allotment. Himalayan Investment Banker Limited itself is the issue and sales manager for the fund.




