NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Himalayan Laghubitta Posts Strong Second-Quarter Results with 71% Surge in Profit
    दोस्रो त्रैमाससम्म हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले उकासियो
    Top
    1 min read
    Published on February 2, 2026
    NEPSE TRADING

    दोस्रो त्रैमाससम्म हिमालयन लघुवित्तको नाफा ७१ प्रतिशतले उकासियोHimalayan Laghubitta Posts Strong Second-Quarter Results with 71% Surge in Profit

    हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय नाफा वृद्धि देखाएको छ। विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको खुद नाफा ७१.६६ प्रतिशतभन्दा बढीले बढेर ४ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यो नाफा २ करोड ६० लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारका कारण नाफा बढेको लघुवित्तले जनाएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले वृद्धि भई १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिमा १७ करोड ४० लाख रुपैयाँ थियो। यस अवधिमा लघुवित्तले २ करोड १९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ। ३४ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङ घटेर ३ करोड ५६ लाख रुपैयाँमा झरेको छ भने जगेडा कोष १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म लघुवित्तले १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। वित्तीय विवरणअनुसार लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २४ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ २२ पैसा रहेको छ।

    Himalayan Laghubitta Bittiya Sanstha Limited has published its unaudited financial statement for the second quarter of the current fiscal year, showing a strong improvement in profitability compared to the same period last year. According to the report, the company’s net profit increased by more than 71.66 percent in the first six months of the fiscal year. During this period, the microfinance institution earned a net profit of NPR 44.7 million, up from NPR 26.0 million in the corresponding period of the previous fiscal year. The growth in profit has been supported by an increase in net interest income as well as operating profit. Net interest income rose by 28.96 percent to NPR 197.7 million, while net operating income reached NPR 197.8 million, compared to NPR 174.0 million in the same period last year. During the review period, the company allocated NPR 21.9 million as impairment charges. With a paid-up capital of NPR 341.0 million, retained earnings have declined to NPR 35.6 million, while the reserve fund has increased to NPR 148.5 million. As of the review period, the institution has collected deposits worth NPR 1.17 billion and, after borrowing from other banks and financial institutions, has extended loans totaling NPR 4.99 billion. The company’s earnings per share stand at NPR 26.24, while its net worth per share is NPR 142.22.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026