लाभांश पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान
Author
NEPSE TRADING

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले अघिल्लो आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न आफ्नो आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा असार १० गते (२०८२ असार १०), मंगलबार बिहान १०ः३० बजे, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा आयोजना गरिनेछ।
सभामा हालको चुक्ता पूँजीमा करसहित ८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ। साथै, आवश्यक परे प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, जेठ २७ गतेसम्म शेयर खरिद गरेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।