·
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज, १४% बोनस सेयर प्रस्ताव
Author
Nepse trading

हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज बिहान १०:३० बजे अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतलीमा बस्दैछ। सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ। तर, बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैंले तिर्नुपर्नेछ।
कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९–८० को नाफा–नोक्सान हिसाबमाथि छलफल गर्ने र २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखेको छ। सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गरिएको छ। माघ २४ गतेसम्म कायम सेयरधनीले मात्र सभा र लाभांशको हक पाउनेछन्।