·

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३% वृद्धि, कुल आम्दानी १२.२१ अर्ब

Author

Nepse trading

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३% वृद्धि, कुल आम्दानी १२.२१ अर्ब

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको आम्दानी, नाफा, बीमाशुल्क संकलन, र वित्तीय सूचकहरूमा सकारात्मक सुधार देखिएको छ।

वित्तीय विवरण

  • खुद बीमाशुल्क: ८.०६ अर्ब रुपैयाँ (गत वर्षको ७.८९ अर्बको तुलनामा २.१३% वृद्धि)

  • कुल आम्दानी: १२.२१ अर्ब रुपैयाँ (गत वर्षको १०.९७ अर्बको तुलनामा ११.२५% वृद्धि)

  • खुद नाफा: ३७.६२ करोड रुपैयाँ (गत वर्षको ३४.६ करोडको तुलनामा ८.७३% वृद्धि)

  • खुद दाबी भुक्तानी: ९.८९ अर्ब रुपैयाँ (गत वर्षको ९.२० अर्बको तुलनामा ७.४९% वृद्धि)

  • कुल खर्च: ११.३३ अर्ब रुपैयाँ (गत वर्षको ११.६३ अर्बको तुलनामा २.५८% गिरावट)

प्रति सेयरका प्रमुख सूचकहरू

  • प्रतिशेयर आम्दानी (EPS): ९.३८ रुपैयाँ (गत वर्षको ८.६३ रुपैयाँभन्दा ७५ पैसा वृद्धि)

  • मूल्य/आम्दानी अनुपात (P/E Ratio): ४८.१७ गुणा

  • नेट वर्थ प्रति सेयर: १३०.२१ रुपैयाँ (गत वर्षको १२३.१३ रुपैयाँभन्दा वृद्धि)

इक्विटी र कोषको अवस्था

  • चुक्ता पूँजी: ८.०२ अर्ब रुपैयाँ (गत वर्षजस्तै यथावत्)

  • महाविपत्ती कोष: ४६.०९ करोड रुपैयाँ

  • रिटेन्ड अर्निङ्ग: २.१३ अर्ब रुपैयाँ (गत वर्षको १.४२ अर्बभन्दा ५०.०९% वृद्धि)

  • अन्य इक्विटी: ऋणात्मक १७.०८ करोड रुपैयाँ (गत वर्ष २५.२५ करोड सकारात्मक)

हिमालयन लाइफ इन्स्योरेन्सको वित्तीय विवरणअनुसार कम्पनीको आम्दानी, नाफा, र बीमाशुल्क संकलन सकारात्मक देखिएको छ। खर्च घट्दै गएको र नाफा बढ्दै गएकोले कम्पनीको वित्तीय स्थिति मजबुत देखिन्छ।

Related News