
हिमालयन रि–इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न, ४.५०% बोनस र नगद लाभांश पारितHimalayan Re-Insurance Holds 4th Annual General Meeting, Approves 4.5% Bonus Shares and Cash Dividend
हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभाबाट कम्पनीका शेयरधनीहरूलाई ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. २,४६,३१,५७८.९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, र वित्तीय विवरणहरू पारित गर्दै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।
कम्पनीले बीमा पुनर्बीमा क्षेत्रमा आफ्नो व्यावसायिक पहुँच विस्तार गरिरहेको उल्लेख गर्दै, वित्तीय सूचकहरूमा सुधार आएको रिपोर्ट सभामा प्रस्तुत गरिएको थियो।
Himalayan Re-Insurance Limited successfully conducted its 4th Annual General Meeting (AGM) today. During the meeting, the shareholders approved a 4.5% bonus share distribution along with a cash dividend of NPR 246,315,578.95 for tax purposes.
The AGM also passed the company’s annual report for the previous fiscal year, along with the auditor’s report and financial statements. Additionally, the meeting approved the appointment of an auditor for the current fiscal year and finalized their remuneration.
The management highlighted the company’s expanding reach in the reinsurance sector and emphasized improvements in key financial indicators over the past year.




