हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) ले आर्थिक वर्ष २०८२ असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य (Net Asset Value – NAV) विवरण सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट २०८२ साउन २२ गते अनुमति प्राप्त यो बन्दमुखी योजना धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सञ्चालित छ।
प्रकाशित विवरणअनुसार, असोज मसान्तसम्म फन्डको कुल सम्पत्ति रु. ४ अर्ब ८५ करोड ४३ लाख ४५ हजार ६७५ पुगेको छ।
सूचीकृत शेयरमा लगानी: रु. १ अर्ब १९ करोड ६६ लाख ७५ हजार ७६४
सूचीकृत ऋणपत्र (बन्ड)मा लगानी: रु. २८ करोड ३४ लाख ७५ हजार ८१५
अन्य सम्पत्ति र मुद्दती निक्षेप: करिब रु. २७ लाख ३७ हजार ४८
रहेको उल्लेख गरिएको छ।
त्यस्तै, कुल लगानी रकम रु. १ अर्ब ४८ करोड १ लाख ५१ हजार ५७५ पुगेको छ भने,
चालु सम्पत्ति रु. ३ अर्ब ४२ करोड ६४ लाख ५१ हजार ८४२ र
चालु दायित्व रु. ५ करोड २२ लाख ५७ हजार ७४६ रहेको छ।
यस अवधिमा फन्डको खुद सम्पत्ति (Net Assets) रु. ४ अर्ब ८५ करोड ४३ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
फन्डले व्यवस्थापक शुल्क, कोष सुपरिवेक्षक शुल्क र डिपोजिटरी शुल्क शीर्षकमा क्रमशः
योजना व्यवस्थापक शुल्क — रु. ६,६०१,१५६,
डिपोजिटरी शुल्क — रु. ८८०,१५४, र
कोष सुपरिवेक्षक शुल्क — रु. १५१,९०५ व्यय गरेको छ।
असोज मसान्तसम्म फन्डको कुल आम्दानीमा (१४१,१०३,१२४) रुपैयाँ नकारात्मक देखिएको छ, जसमा प्राप्त र प्राप्त नभएका दुवै आम्दानी समावेश छन्।
खर्चतर्फ सूचना तथा प्रकाशन खर्च रु. १८,५३४ र लेखापरीक्षण शुल्क रु. ५४,०९८ रहेको छ।





