एचएलआई लार्ज क्याप फन्डको असोज मसान्तसम्मको नेभ विवरण सार्वजनिक
Author
NEPSE TRADING

हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) ले आर्थिक वर्ष २०८२ असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य (Net Asset Value – NAV) विवरण सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट २०८२ साउन २२ गते अनुमति प्राप्त यो बन्दमुखी योजना धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सञ्चालित छ।
प्रकाशित विवरणअनुसार, असोज मसान्तसम्म फन्डको कुल सम्पत्ति रु. ४ अर्ब ८५ करोड ४३ लाख ४५ हजार ६७५ पुगेको छ।
सूचीकृत शेयरमा लगानी: रु. १ अर्ब १९ करोड ६६ लाख ७५ हजार ७६४
सूचीकृत ऋणपत्र (बन्ड)मा लगानी: रु. २८ करोड ३४ लाख ७५ हजार ८१५
अन्य सम्पत्ति र मुद्दती निक्षेप: करिब रु. २७ लाख ३७ हजार ४८
रहेको उल्लेख गरिएको छ।
त्यस्तै, कुल लगानी रकम रु. १ अर्ब ४८ करोड १ लाख ५१ हजार ५७५ पुगेको छ भने,
चालु सम्पत्ति रु. ३ अर्ब ४२ करोड ६४ लाख ५१ हजार ८४२ र
चालु दायित्व रु. ५ करोड २२ लाख ५७ हजार ७४६ रहेको छ।
यस अवधिमा फन्डको खुद सम्पत्ति (Net Assets) रु. ४ अर्ब ८५ करोड ४३ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
फन्डले व्यवस्थापक शुल्क, कोष सुपरिवेक्षक शुल्क र डिपोजिटरी शुल्क शीर्षकमा क्रमशः
योजना व्यवस्थापक शुल्क — रु. ६,६०१,१५६,
डिपोजिटरी शुल्क — रु. ८८०,१५४, र
कोष सुपरिवेक्षक शुल्क — रु. १५१,९०५ व्यय गरेको छ।
असोज मसान्तसम्म फन्डको कुल आम्दानीमा (१४१,१०३,१२४) रुपैयाँ नकारात्मक देखिएको छ, जसमा प्राप्त र प्राप्त नभएका दुवै आम्दानी समावेश छन्।
खर्चतर्फ सूचना तथा प्रकाशन खर्च रु. १८,५३४ र लेखापरीक्षण शुल्क रु. ५४,०९८ रहेको छ।


