
गृहमन्त्रीको निर्णय : शोक दिवस मनाइने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्चHome Minister’s Decision: Mourning Day to Be Observed, NPR 100,000 Funeral Expenses for Families of the Deceased
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले शोक दिवस मनाउने भएको छ। नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन्।
उनले तत्काल मन्त्रिपरिषद्को बैठकबाट यसलाई औपचारिकता दिने प्रक्रिया अघि बढाउने जानकारी दिएका छन्। शोक दिवस कहिले मनाउने भन्ने विषय मन्त्रिपरिषद्ले तय गर्नेछ।
त्यसैगरी, मृतकका परिवारलाई तत्काल राहतस्वरूप काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ। गृहमन्त्री अर्यालका अनुसार, यो कदम मृतक परिवारप्रति सरकारको सहानुभूति र संवेदनाको प्रतीक हो।
सरकारको यस कदमलाई आन्दोलनमा पीडित परिवारप्रति प्रारम्भिक सहयोगका रूपमा लिइएको छ। अब मन्त्रिपरिषद्को निर्णयपछि औपचारिक घोषणासहित शोक दिवस मनाइनेछ।
The government has decided to observe a national Mourning Day in honor of those who lost their lives during the Gen Z movement. Newly appointed Home Minister Om Prakash Aryal announced the decision immediately after assuming office.
He stated that the decision will be formally endorsed in the upcoming Cabinet meeting. The exact date for observing the Mourning Day will be determined by the Cabinet.
Similarly, families of the deceased will be provided with NPR 100,000 as immediate funeral expenses. According to Minister Aryal, this step represents the government’s sympathy and solidarity with the grieving families.
The government’s move has been seen as an initial measure of support to those affected by the movement. Once the Cabinet finalizes the decision, an official announcement will be made, and the Mourning Day will be observed nationwide.




