को
तेस्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति : २०८३/०४/२१
श्रीमान शेयरधनी महानुभावहरु,
यस होटलको मिति २०८३/०४/१७ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार यस होटल सिराइचुली लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तपशिलको मिति, समय र स्थानमा निम्न बमोजिमका विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले यहाँहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
मिति: २०८३ साल भाद्र १४ गते आइतवार
समय: बेलुकी ५:०० बजे
स्थान : होटलको सभा हल
(क) सामान्य प्रस्तावहरु :
- सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने यस कम्पनीको आ.व. ०८२/०८३ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
- यस कम्पनीको आ.व. ०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गर्ने सम्बन्धमा ।
- यस कम्पनीको चालु आ.व. ०८३/०८४ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब तयार पार्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको वार्षिक पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
- सञ्चालक समितिको भत्ता सम्बन्धमा ।
- यस कम्पनीको वार्षिक साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
(ख) विशेष प्रस्तावहरु :
- यस कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धमा ।
- प्रारम्भिक सार्वजनिक शेयर (Initial Public Sharing-IPO) निष्कासन गर्ने विशेष प्रस्ताव ।
- प्रारम्भिक सार्वजनिक शेयर निष्कासनबाट प्राप्त रकमको उपयोगिता सम्बन्धी विशेष प्रस्ताव ।
- प्रारम्भिक सार्वजनिक शेयर निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव ।
- विविध ।
डा. नेत्रराज चटौत
(कम्पनी सचिव)
नोट: उक्त साधारण सभामा स्वयं उपस्थित हुन असमर्थ शेयरधनी महानुभावहरूले मिति २०८३/०५/११ गते कार्यालय समय भित्र यस कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरि कम्पनी ऐन २०६३ को रीतपूर्वक प्रोक्सी तोक्नुहुन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।




