प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभामा १८ घण्टा समय निर्धारण, सत्तापक्षलाई बढी समय
Author
NEPSE trading

चालू आर्थिक वर्षको प्रि-बजेट छलफलका लागि प्रतिनिधि सभाले चार दिन समय निर्धारण गरेको छ। आज (जेठ ३० गते), भोलि, जेठ १ गते र जेठ २ गते गरी चार दिनमा कुल १८ घण्टा (१०८३ मिनेट) छलफल गरिने भएको हो।
आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा गरी छलफलको समय तोकिएको संसद सचिवालयले जनाएको छ।
छलफलका लागि दलहरूलाई निम्नअनुसार समय छुट्याइएको छः
नेपाली कांग्रेस — ५ घण्टा
नेकपा एमाले — ५ घण्टा
माओवादी केन्द्र — २ घण्टा
रास्वपा — ८२ मिनेट
राप्रपा — ५० मिनेट
एकीकृत समाजवादी — ४० मिनेट
जनता समाजवादी पार्टी — २८ मिनेट
जनमत पार्टी — २४ मिनेट
जनता समाजवादी नेपाल — २० मिनेट
लोकतान्त्रिक समाजवादी पार्टी — १६ मिनेट
नागरिक उन्मुक्ति पार्टी — १६ मिनेट
नेपाल मजदुर किसान पार्टी — ५ मिनेट
राष्ट्रिय जनमोर्चा — ५ मिनेट
आम जनता पार्टी — ५ मिनेट
२ जना स्वतन्त्र सांसद — ५/५ मिनेट
हाल सरकारलाई समर्थन गर्ने ७ वटा दलले कुल ७६० मिनेट (१२ घण्टा भन्दा बढी) समय पाएका छन् भने प्रतिपक्षमा रहेका दलहरूले ३२३ मिनेट (६ घण्टा भन्दा केही कम) समय पाएका छन्।
यो छलफलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सांसदहरूबाट प्राप्त सुझावलाई समेट्ने सरकारको तयारी रहेको बताइएको छ।