काठमाडौं — निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवर्द्धकले अब कम्तीमा ५० प्रतिशत भौतिक प्रगति पूरा गरेपछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को प्रारम्भिक मस्यौदामार्फत यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
मस्यौदामा धितोपत्र सम्बन्धी ऐन, २०६३ मा संशोधन गर्दै व्यापारिक उत्पादन सुरु नभएको आधारमा मात्र निर्माणाधीन जलविद्युत् कम्पनीको आईपीओ आवेदन अस्वीकार गर्न नपाइने उल्लेख छ । आवश्यक अन्य कानुनी सर्त पूरा गरी आधा निर्माण कार्य सम्पन्न गरेका सङ्गठित संस्थाले सार्वजनिक निष्कासनका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि आयोजनाको भौतिक प्रगति स्वतन्त्र प्राविधिक मूल्याङ्कनकर्ताबाट प्रमाणित भएको हुनुपर्ने सर्त राखिएको छ । यसका साथै कम्पनीले विवरण पत्रमार्फत आयोजनाको कुल लागत, बाँकी काम, थप लगानी र वित्तीय स्रोतको सुनिश्चिततासँगै निर्माणमा हुन सक्ने सम्भावित ढिलाइ, लागत वृद्धि र अन्य मुख्य जोखिमबारे स्पष्ट जानकारी गराउनुपर्नेछ ।
प्रवर्द्धकले विद्युत् खरिद सम्झौता, उत्पादन अनुमतिपत्र र अन्य नियामकीय स्वीकृतिको अवस्थासमेत खुलाउनुपर्ने मस्यौदामा व्यवस्था छ । सेयर बिक्रीबाट संकलन हुने रकम स्वीकृत प्रयोजनमै खर्च हुने सुनिश्चितता, आयोजना सम्पन्न भई व्यापारिक उत्पादन सुरु हुने अनुमानित समय र बोर्डले तोकेका लगानीकर्ता संरक्षणसम्बन्धी मापदण्ड पूरा गरेपछि मात्र आईपीओ जारी गर्न पाइनेछ ।
KATHMANDU — Developers of under-construction hydropower projects will be allowed to issue Initial Public Offerings (IPOs) to the general public once they achieve at least 50 percent physical progress. The government has proposed this provision in the preliminary draft of the ‘Ordinance to Amend Some Nepal Acts Related to Investment and Infrastructure, 2083’.
Through a proposed amendment to the Securities Act, 2063, the draft stipulates that IPO applications from under-construction hydropower companies cannot be rejected solely because commercial production has not yet begun. Corporate entities that have completed half of their construction work and met other legal requirements will be eligible to apply for public issuance.
To qualify for an IPO, a project’s physical progress must be verified by an independent technical evaluator. Companies will also be required to clearly state the total project cost, remaining construction work, and assurance of additional investment and financial resources in their prospectus, alongside potential construction delays, cost overruns, and other major risks.
Under the proposed rules, developers must also disclose the status of their Power Purchase Agreement (PPA), generation license, and other regulatory approvals. Firms will only be permitted to float shares after guaranteeing that the proceeds will be used strictly for approved purposes, specifying the estimated timeline for project completion and commercial operation, and fulfilling investor protection standards set by the regulatory board.