काठमाडौं — अमेरिकी उच्च भन्सार शुल्क, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो उत्पादन लागतका कारण दक्षिण कोरियाली अटो निर्माता हुन्डाई मोटरको सन् २०२६ को दोस्रो त्रैमासिक नाफा २१ प्रतिशतले घटेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कमजोर सवारी बिक्री र बढ्दो लागतले नाफामा दबाब परेको हो।
अमेरिकामा बढेको ट्यारिफले हुन्डाईको लागत संरचनामा प्रत्यक्ष प्रभाव पारेको छ। अमेरिकी बजार कम्पनीका लागि मुख्य बिक्री केन्द्र भएकाले नयाँ शुल्क नीति लागू भएपछि आम्दानीमा नकारात्मक असर देखिएको छ।
मध्यपूर्वको तनाव, ऊर्जा मूल्य वृद्धी र कच्चा पदार्थको महँगाइले उत्पादन लागत बढाएको कम्पनीले जनाएको छ। दोस्रो त्रैमासिकमा मात्रै कच्चा पदार्थको बढ्दो मूल्यका कारण करिब ४०० अर्ब कोरियन वन अर्थात् ३० करोड अमेरिकी डलर बराबर अतिरिक्त लागत व्यहोर्नुपरेको छ। इन्जिन भल्भ आपूर्तिकर्ताको आगलागीले पनि उच्च मूल्यका प्रिमियम मोडलको उत्पादन र बिक्रीमा असर पुर्याएको छ।
दोस्रो त्रैमासिकमा बिक्री कमजोर हुनुको अर्को कारण विश्वव्यापी सवारी मागमा सुस्ती, विद्युतीय सवारी बजारको अनिश्चितता र उच्च ब्याजदर रहेको कम्पनीले जनाएको छ। कोरियन वन कमजोर हुँदा केही सकारात्मक असर भए पनि अमेरिकी ट्यारिफ र बढ्दो उत्पादन लागतले त्यसलाई पूर्ति गर्न सकेको छैन।
हुन्डाईले दोस्रो छमाहीमा आपूर्ति शृङ्खला सुधार हुने र बिक्री बढ्ने अपेक्षा गरेको छ। कम्पनीले रोबोटिक्स र स्वचालित प्रविधिमा लगानी गर्दै भविष्यको वृद्धि क्षेत्रमा केन्द्रित रणनीति अघि बढाउने जनाएको छ।
विश्लेषकका अनुसार अमेरिकी संरक्षणवादी व्यापार नीति र उच्च ट्यारिफले विश्वव्यापी उत्पादन सञ्जालमा प्रभाव पुर्याएको छ। विशेषगरी एसियाका अटो निर्माता कम्पनीहरूले अमेरिकी बजार केन्द्रित आपूर्ति शृङ्खला पुनर्संरचना गर्न थालेका छन्।
Kathmandu — South Korean automaker Hyundai Motor reported a 21 percent decline in its operating profit for the second quarter of 2026, citing high US tariffs, supply chain disruptions, and rising production costs. The company’s financial results, released on Thursday, fell short of market expectations due to weaker vehicle sales and cost pressures.
Rising US import tariffs directly affected Hyundai’s cost structure. As the US is a key market for the company, additional duties on imported vehicles and auto parts have weighed on profitability.
Hyundai also faced higher production costs due to Middle East tensions, rising energy prices, and increased raw material expenses. The company reported that material cost increases alone added approximately 400 billion Korean won (over USD 30 million) in additional expenses during the quarter. Supply disruptions, including a fire at a major engine valve supplier, impacted production, particularly for high-end premium models.
Weaker sales were further exacerbated by a slowdown in global vehicle demand, uncertainties in the electric vehicle market, and higher interest rates affecting consumer purchases. While the weaker Korean won provided some positive effect on export revenue, it was insufficient to offset tariff and cost pressures.
Hyundai expects supply chain conditions to improve and sales to recover in the second half of the year. The company is also investing in robotics and automated technologies, aiming to focus on future growth areas such as electric vehicles and advanced automation.
Analysts note that US protectionist trade policies and high tariffs are increasingly influencing global production networks. Asian automakers, in particular, are restructuring supply chains to reduce reliance on the US market, highlighting broader implications for the global automotive industry.