·

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५% नगद लाभांश प्रस्ताव

Author

NEPSE TRADING

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५% नगद लाभांश प्रस्ताव

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ काे नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकमार्फत यो निर्णय पारित गरेको हो।

प्रस्तावित नगद लाभांशमा सेयरधनीले तिर्नुपर्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ। लाभांश वितरण नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

कम्पनीका अनुसार स्वीकृत प्रक्रिया पूरा भएपछि लाभांश रकम सेयरधनीको खातामा जमा गराइनेछ।

Related News