·

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा पुस २४ गते, १०.५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

Author

NEPSE TRADING

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा पुस २४ गते, १०.५२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI) ले आफ्नो ९औँ वार्षिक साधारण सभा पुस २४ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ ।

साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको २३२औँ बैठकले हाल कायम ५ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसका अतिरिक्त सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने एजेन्डा रहेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन सक्नेछन् ।

कम्पनीले स्थिर वित्तीय प्रदर्शनका आधारमा शेयरधनी हितलाई प्राथमिकता दिँदै नगद लाभांश प्रस्ताव गरिएको जनाएको छ ।

Related News