·
आइएमई लाइफले सेयरधनीलाई दियो २१% लाभांश
Author
Nepse trading

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभाले सेयरधनीका लागि २१ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। फागुन २५ मा सम्पन्न सभाले चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ मा बुक क्लोज गरेको थियो।
साधारणसभाले गत वर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ। यस्तै, प्रबन्धपत्र संशोधनको अख्तियारी सञ्चालक समितिलाई दिइएको छ भने सामाजिक उत्तरदायित्वका खर्च पनि अनुमोदन गरिएको छ।