NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. IMF Raises India’s Growth Forecast to 7.3 Percent for the Current Fiscal Year
    आईएमएफले भारतको आर्थिक वृद्धिदरको अनुमान बढायो, चालु आर्थिक वर्षमा ७.३ प्रतिशत पुग्ने प्रक्षेपण
    Latest
    1 min read
    Published on January 21, 2026
    NEPSE TRADING

    आईएमएफले भारतको आर्थिक वृद्धिदरको अनुमान बढायो, चालु आर्थिक वर्षमा ७.३ प्रतिशत पुग्ने प्रक्षेपणIMF Raises India’s Growth Forecast to 7.3 Percent for the Current Fiscal Year

    काठमाडौं — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्ष (अप्रिल २०२५–मार्च २०२६) का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान बढाएको छ। आईएमएफले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारतको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

    यसअघि आईएमएफले भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहने अनुमान गरेको थियो। संशोधित अनुमान भारत सरकारद्वारा सोही अवधिका लागि गरिएको ७.४ प्रतिशत वृद्धिदरको प्रक्षेपणभन्दा केही मात्र कम हो।

    आईएमएफका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक (अक्टोबर–डिसेम्बर २०२५) मा अपेक्षाभन्दा बलियो आर्थिक गतिविधि देखिनु र चौथो त्रैमासिक (जनवरी–मार्च २०२६) मा पनि आर्थिक गति मजबुत रहनुले वृद्धिदरको अनुमान माथि सार्न सहयोग पुगेको हो। उपभोग, सेवा क्षेत्रको विस्तार र सार्वजनिक तथा निजी लगानीमा देखिएको सुधारले अर्थतन्त्रलाई टेवा दिएको प्रतिवेदनमा उल्लेख छ।

    तर आईएमएफले दीर्घकालीन दृष्टिकोणमा भने केही सतर्कता अपनाएको छ। प्रतिवेदनअनुसार चक्रीय तथा अस्थायी कारकहरू कमजोर हुँदै जाँदा सन् २०२६ र २०२७ मा भारतको आर्थिक वृद्धिदर घटेर ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। विश्वव्यापी आर्थिक अवस्था, मौद्रिक कडाइ र बाह्य जोखिमहरूले आगामी वर्षहरूमा वृद्धिमा केही दबाब सिर्जना गर्न सक्ने आईएमएफको आकलन छ।

    समग्रमा, चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र अपेक्षाकृत बलियो देखिए पनि मध्यम अवधिमा स्थायित्व र सुधारका लागि संरचनात्मक सुधार र लगानी निरन्तरताको आवश्यकता औंल्याइएको छ।

    Kathmandu — The International Monetary Fund (IMF) has revised upward its growth forecast for India for the current fiscal year (April 2025–March 2026), projecting that the country’s gross domestic product (GDP) will expand by 7.3 percent.

    Previously, the IMF had estimated India’s economic growth at 6.6 percent for the same period. The revised projection is only slightly lower than the 7.4 percent growth estimate put forward by the Indian government.

    According to the IMF’s latest report, the upward revision reflects stronger-than-expected economic performance in the third quarter (October–December 2025), along with the continuation of solid growth momentum in the fourth quarter (January–March 2026). The fund noted that resilient domestic demand and sustained activity across key sectors helped support overall economic expansion.

    However, the IMF has adopted a more cautious outlook beyond the current fiscal year. As cyclical and temporary factors gradually weaken, the report projects that India’s economic growth will moderate to around 6.4 percent in 2026 and 2027. The IMF pointed to evolving global economic conditions and the fading impact of short-term growth drivers as potential constraints in the medium term.

    Overall, while India’s economy is expected to remain one of the fastest-growing major economies in the world in the near term, the IMF emphasized the importance of maintaining reform momentum and investment to sustain higher growth over the longer run.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026