
आयकरको सीमा बढ्यो, १० लाखसम्म एक प्रतिशत मात्रै करIncome Tax Threshold Raised, Only One Percent Tax Up to Rs 1 Million
काठमाडौं । सरकारले आयकर छुटको सीमा बढाएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन् ।
बजेटअनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँबाट बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।
यसले गर्दा वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्नेले अब एक प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ ।
Kathmandu — The government has raised the income tax exemption threshold.
Finance Minister Dr. Swarnim Wagle made the announcement while presenting the budget statement for the fiscal year 2083/84 at a joint session of the Federal Parliament on Friday.
According to the budget, the income threshold subject to the minimum one percent tax has been raised from Rs 500,000 to Rs 1 million.
As a result, those earning up to Rs 1 million annually will now have to pay only one percent income tax.




