NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. India imposes a ban on imports worth USD 770 million from Bangladesh.
    भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध
    Top
    1 min read
    Published on May 18, 2025
    NEPSE TRADING

    भारतद्वारा ७७ करोड अमेरिकी डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध India imposes a ban on imports worth USD 770 million from Bangladesh.

    द्विपक्षीय व्यापारमा गम्भीर असर पार्ने कदमस्वरूप भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) को निर्देशनपछि बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने विभिन्न वस्तुमा तत्काल प्रतिबन्ध लगाएको छ। ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार यस प्रतिबन्धले करिब ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको ४२ प्रतिशत हो।

    गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिक सामग्रीजस्ता प्रमुख वस्तुहरू अब तोकिएका समुद्री बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन् वा स्थलमार्गबाट पूर्णतः प्रतिबन्धित हुनेछन्। नयाँ नीतिअनुसार बङ्गलादेशबाट वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका कपडा अब दुई तोकिएका समुद्री बन्दरगाहमार्फत मात्र भारत प्रवेश गर्न सक्नेछन्, जसले भारतमा बङ्गलादेशको सबैभन्दा लाभदायक निर्यात च्यानललाई गम्भीर असर पार्नेछ।

    जीटीआरआईले बङ्गलादेशले सन् २०२४ को अन्त्यदेखि भारतीय निर्यातमा क्रमिक प्रतिबन्ध लगाउँदै आएको जनाएको छ, जसमा पाँच प्रमुख बन्दरगाहहरूबाट धागो आयातमा रोक, चामल ढुवानीमा कडा नियन्त्रण, र कागज, सुर्ति, माछा तथा दूध पाउडरजस्ता दर्जनौं वस्तुमा प्रतिबन्ध समावेश छन्। साथै, बङ्गलादेशले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १.८ प्रतिशत ट्रान्जिट शुल्क समेत लागू गरेको छ।

    यो निर्णय दुई देशबीच बढ्दो कूटनीतिक तनावको प्रतिक्रियाका रूपमा समेत हेरिएको छ। बङ्गलादेशका अन्तरिम प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित’ भनेपछि विवाद उत्पन्न भएको थियो। युनुसको मार्च २०२५ मा चीन भ्रमणका क्रममा २.१ अर्ब अमेरिकी डलर बराबरको लगानी सम्झौता भएपछि ढाकाको बेइजिङसँगको बढ्दो निकटताले भारतमा रणनीतिक चिन्ता पैदा गरेको छ।

    In a significant move impacting bilateral trade, India’s Ministry of Commerce and Industry has imposed immediate restrictions on the import of various goods from Bangladesh via land ports, following a directive issued by the Directorate General of Foreign Trade (DGFT). According to a report by the Global Trade Research Initiative (GTRI), the ban will affect goods worth approximately USD 770 million, representing nearly 42% of total bilateral imports.

    Key items such as garments, processed food products, and plastic goods will now be restricted to entry only through designated seaports or completely banned via land routes. As per the new policy, Bangladeshi garments worth USD 618 million annually will be allowed entry into India through only two specified seaports, significantly impacting Bangladesh’s most profitable export channel to India.

    The GTRI report suggests that the move may be a response to a series of restrictions Bangladesh has placed on Indian exports since late 2024. These include bans on yarn imports, strict limitations on rice shipments, and curbs on goods such as paper, tobacco, fish, and milk powder. Furthermore, Bangladesh has imposed a transit fee of 1.8% per ton on Indian goods passing through its territory.

    The restrictions are also being viewed as a reaction to growing diplomatic tensions between the two nations. A controversial remark by Bangladesh's interim Chief Advisor Mohammad Yunus — who referred to India’s northeastern states as landlocked and lacking sea access — has reportedly strained ties. Additionally, Bangladesh’s increasing alignment with China, marked by a $2.1 billion investment deal during Yunus's visit to Beijing in March 2025, has raised strategic concerns in India.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026