NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Indication of Share Market-Friendly Policy; Investor Attraction in Microfinance Sector
    शेयर बजार मैत्री नीति आउने संकेत, माइक्रोफाइनान्समा लगानीकर्ताको चाम
    Investor
    3 min read
    Updated on July 1, 2025
    NEPSE trading

    शेयर बजार मैत्री नीति आउने संकेत, माइक्रोफाइनान्समा लगानीकर्ताको चाम Indication of Share Market-Friendly Policy; Investor Attraction in Microfinance Sector

    नेपाली शेयर बजारमा लगातार तेस्रो दिन पनि हरियाली देखिएको छ । नेप्से परिसूचक यस दिन २८.९१ अंकले वृद्धि भई २,६६०.३९ विन्दुमा पुगेको छ । पछिल्ला दिनहरूमा २६ सयको आसपासमा बलियो सपोर्ट बनाएर स्थिर देखिएको सूचकले तीन दिनयता सुधार देखाउँदै आएको छ । यो वृद्धिले लगानीकर्तामा बजारप्रति आत्मविश्वास बढाएको छ ।

    करेक्सनपछि धेरै कम्पनीहरूको शेयर मूल्य तुलनात्मक रूपमा सस्तो बनेपछि लगानीकर्ताको आकर्षण ती स्टकहरूमा बढेको छ। असार लागेपछि दबाबमा आएको बजार पुनः लयमा फर्कने संकेत देखिँदै गर्दा दीर्घकालीन लगानीकर्तादेखि सर्ट टर्म ट्रेडरहरू समेत सक्रिय देखिएका छन् ।

    बैंकमा पर्याप्त तरलता र ब्याजदरमा क्रमिक गिरावट आए पनि यसले सुरुवातमा बजारमा प्रत्यक्ष असर पार्न सकेको थिएन। तर, लगानीकर्ताहरूले अब ती मौद्रिक सूचकहरूको असर बजारमा देखिन थालेको विश्वास गर्न थालेका छन्। बजारको बियरिस ट्रेन्ड अन्त्य भई बुलिस संकेत देखिन थालेको धेरैको ठम्याइ छ ।

    बजार विश्लेषकहरूका अनुसार, नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटिरहेको र यसपटक शेयर बजार मैत्री नीति आउने संकेतले बजारमा सकारात्मक तरंग फैलाएको हो। विशेषतः लघुवित्त क्षेत्रमा देखिएको सुधार र चपलता बजारलाई थप बल मिलेको पक्ष मानिएको छ ।

    कारोबार रकम पनि यस दिन उल्लेखनीय रूपमा बढेको छ। सोमबार ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको हो। यो रकम पछिल्लो केही हप्ताको तुलनामा उच्च हो, जसले बजारमा सक्रियता र विश्वास दुवै बढेको संकेत गर्छ ।

    मंगलबार १३ मध्ये ११ उपसमूहको सूचक हरियालीमा देखियो । लगानी उपसमूह २.३८ प्रतिशतले बढ्दै अग्रपंक्तिमा रह्यो । लघुवित्त उपसमूह २ प्रति शतभन्दा बढीले बढेको हो भने बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उक्लिएका छन् । उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह भने सामान्य घटेका छन् । यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको छ। बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८.५ प्रतिशतले बढेको हो भने राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य पनि ८ प्रतिशतभन्दा बढीले उक्लिएको छ । विपरीत, युनिलिभर नेपालको शेयर मूल्य २.१३ प्रतिशतले घटेको छ ।

    कारोबार रकमको आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको ४६ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछिको स्थानमा राधी विद्युत कम्पनी रहँदै ४५ करोड ५० लाखभन्दा बढीको कारोबार भएको छ । बुटवल पावर कम्पनीले पनि करिब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । समग्रमा भन्नु पर्र्दा लगातारको वृद्धिले बजारमा नयाँ ऊर्जा भरेको छ । लगानीकर्ताहरूको नजर अब आगामी मौद्रिक नीतिमा केन्द्रित छ । यदि उक्त नीति शेयर बजार अनुकूल आयो भने बजारले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । तर, बजारको अनिश्चितता तथा उतारचढावलाई ध्यानमा राख्दै सजग र विवेकपूर्ण लगानी आवश्यक छ ।

    अब लागौ प्रविधिक विश्लेषण तर्फ

    स्पिनिङ टप भ्यालिडेसन र ब्रेकआउट क्लोज
    असार १६ गतेको कारोबारले नेपाली शेयर बजार (NEPSE) लाई टेक्निकल चार्टमा एकदमै महत्वपूर्ण मोडमा पुर्‍याएको छ। हिजोको सेसनमा बनेको स्पिनिङ टप क्यान्डललाई आजको बुलिस क्यान्डलले कन्फर्म गर्दै मिडल ब्यान्ड (20MA) र 50-Day Moving Average लाई क्लिन ब्रेक गर्दै क्लोज भएको छ। यसले बजारमा खरिद पक्षको स्पष्टता देखाएको छ र आगामी सेसनहरूमा बजार अझै माथि जान सक्ने प्राविधिक आधार तयार पारेको छ।

    चार्टमा दीर्घकालीन डाउन ट्रेन्डलाइन र लगातार बनिरहेको descending triangle pattern लाई आजको सेसनले माथिबाट ब्रेक गर्न खोजेको देखिन्छ। यो ब्रेकअउट कायम रह्यो भने बजारमा ठूलो बुलिस मूभमेन्ट सम्भावित हुन्छ। विशेषगरी, ट्रायाङ्गलको लोवर सपोर्ट लाइन लामो समयदेखि २६ सयको आसपासमा बलियो टेक बनेको थियो। अब त्यो क्षेत्रबाट अपसाइड ब्रेकआउटले टेक्निकल इनर्जी प्रदान गरेको छ।
    हाल MACD जिरो लाइनभन्दा तल भए पनि बुलिस क्रसओभरको नजिक पुगेको छ। यसले आगामी दिनमा momentum reversal तर्फको इङ्गित दिन्छ। RSI पनि 50 माथि टेकेर बिस्तारै बाउन्स देखिन थालेको छ, जुन सकारात्मक संकेत हो। यदि RSI ले 60-70 को जोन पार गर्छ भने मजबुत अपट्रेंड कन्फर्म हुनेछ।
    आजको सेसनमा हिजोको तुलनामा कारोबार रकम थोरै बढेको देखिन्छ, जसले बजारमा खरीद चाप कायम रहेको देखाउँछ। विशेष कुरा के देखिएको छ भने, आज १० ठूला ब्रोकरहरूको खरीद तथा बिक्री बराबर देखिएको छ, जसले सन्तुलित बजार संकेतिकता दिएको छ। यसले संस्थागत लगानीकर्ताको उपस्थिति सक्रिय रहेको देखाउँछ।
    आजको सेसनमा हाईड्रोपावर समूहको कारोबार हिस्सा क्रमशः घट्दो क्रममा देखिएको छ। हिजोको तुलनामा ४% ले घटेर आज ५४% मा झरेको छ। यता, इनभेष्टमेन्ट, माइक्रोफाइनान्स र विकास बैंक समूहहरूको कारोबार हिस्सा बिस्तारै बढिरहेको छ। यसले बजारमा क्षेत्रगत रोटेशन हुँदै गएको देखिन्छ, जहाँ लगानीकर्ता नयाँ सेग्मेन्टतर्फ ध्यान केन्द्रित गरिरहेका छन्। जम्मा करिब २९ अंकले बजार बढ्दा पनि ट्रेडिङ र म्यानुफ्याक्चरिङ उपसमूहले नकारात्मक कारोबार देखाएका छन्। यसले बजार वृद्धि व्यापक भए पनि सबै सेग्मेन्टले साथ नदिएको प्रस्ट हुन्छ। यस्तो परिदृश्य प्राविधिक विश्लेषकहरूका लागि मिश्रित संकेत हुनसक्छ।
    आजको अन्तिम १५ मिनेटको वेटेज समयमा बजार फेरि २ अंकभन्दा बढीले घटेको देखियो।

    अब लागौ ब्रोकरको विश्लेषण तर्फ

    ब्रोकर क्रियाकलापको विवरण हेर्दा ब्रोकर नम्बर ५८ सबैभन्दा अगाडि देखिएको छ। यस ब्रोकरले कुल ८७ करोड ४९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गर्दै कुल बजार कारोबारको १२.४४ प्रतिशत हिस्सा ओगटेको हो । ब्रोकर ५८ ले ४९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिद र ३७ करोड ९८ लाख रुपैयाँको बिक्री गरेको छ ।

    यसैगरी, अन्य सक्रिय ब्रोकरहरूमा ब्रोकर ३४ ले ५५ करोड १८ लाख रुपैयाँको कारोबार गर्दै दोस्रो स्थान ओगटेको छ । यद्यपि, उक्त ब्रोकरको द्यगथ÷क्भिि च्बतष्य ०.९२ रहेकोले बिक्री पक्ष थोरै बलियो देखिएको छ ।

    तेस्रो स्थानमा ब्रोकर ३९ रहेको छ, जसले ४७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । खरिद र बिक्री करिब बराबर देखिँदा यसको द्यगथ÷क्भिि च्बतष्य १.०३ रहेको छ ।

    ब्रोकर ४२ ले ४४ करोड ८९ लाख रुपैयाँको कारोबार गरे पनि खरिद (४५.३६%) भन्दा बिक्री (५४.६४%) बढी भएकाले यसको द्यगथ÷क्भिि च्बतष्य ०.८३ मा झरेको छ, जुन नेट सेलर स्थितिको संकेत हो ।

    आजको कारोबार विवरणले देखाउँछ कि बजारमा खरिद पक्ष बलियो रहेको छ, विशेषतः ब्रोकर ५८, ४४ र ४९ जस्ता ब्रोकरमार्फत । संस्थागत लगानीकर्ता र ठूला ट्रेडरहरू यिनै ब्रोकरहरूमार्फत सक्रिय भएको अनुमान गर्न सकिन्छ । यो गतिविधिले बजारको हालको सकारात्मक ट्रेन्डलाई थप समर्थन प्रदान गर्ने देखिन्छ ।

    आजको बजारमा सप्तकोसी विकाश बैंक ८८ नं.को ब्रोकरबाट आज भएको कुल बाईको ३३ प्रतिशत अर्थात ७५ हजार कित्ता लगानीकर्ताले खरीद गरेको देखिन्छ । त्यहि स्टकमा ८८ बाट नै ७३ हजार कित्ताको सेल आज आएको छ । त्यहि कारण यसलाई म्याचिङ गरेर चलखेल भएको हुन सक्ने आंकलन गरीएको छ । त्यस्तै, आज ५८ नं. ब्रोकरबाट एन आर एन कुल बाईको ३३ प्रतिशत अर्थत ७३ हजार कित्ता लगानीकर्ताले उठाएका छन् । त्यसैगरी ग्लोबल आइएमई बैंक २८ बाट सबै भन्दा बढी ३० प्रतिशत खरीद गरीएको छ । यता सेल तर्फ छ्याङदी हाइड्रो ४७ बाट कुल सेलको ३४ प्रतिशत लगानीकर्ताले फालेका छन् । सी एच डी सी ३९ बाट लगानीकर्ताले करीब ५० प्रतिशत खरीद गरेको देखिन्छ ।

    The Nepali stock market continued its green streak for the third consecutive day. The NEPSE index climbed by 28.91 points, closing at 2,660.39. After establishing strong support around the 2600 level in recent days, the index has been gradually recovering, boosting investor confidence.

    Following the correction, many stocks have become relatively undervalued, drawing attention from investors. With the market regaining momentum post-Asar (mid-June), both long-term investors and short-term traders are increasingly active.

    Although the liquidity in banks remained high and interest rates continued to decline, the market initially didn’t respond positively. However, investors now believe these monetary indicators are beginning to influence the market. Many analysts opine that the bearish trend is ending, with bullish signals emerging.

    According to market analysts, the Nepal Rastra Bank is preparing the upcoming monetary policy, and expectations of a market-friendly stance have created positive sentiment. Particularly, the momentum in the microfinance sector is believed to have added strength to the market.

    Turnover has also risen significantly. On Monday, the market witnessed a turnover of NPR 6.38 billion, which increased to NPR 7.03 billion on Tuesday—one of the highest in recent weeks—indicating rising participation and confidence.

    Out of 13 sub-indices, 11 closed in the green. The Investment sub-index led the surge with a 2.38% rise. Microfinance gained over 2%, while Banking, Development Bank, Hydropower, Life Insurance, and Non-life Insurance all increased by over 1%. Meanwhile, the Manufacturing and Trading sub-indices showed slight declines. Samudayik Laghubitta Bittiya Sanstha and Ngadi Group Power saw their prices rise by 9.87%, Barun Hydropower by 8.5%, and Rapti Hydro & General Construction by over 8%. In contrast, Unilever Nepal dropped by 2.13%.

    In terms of transaction volume, NRN Infrastructure & Development topped the list with over NPR 461.6 million in trades, followed by Radhi Bidyut Company with more than NPR 455 million. Butwal Power Company also recorded trades worth around NPR 260 million. Overall, this continuous growth has injected new energy into the market. Now, all eyes are on the upcoming monetary policy, which could push the market to new heights—provided it favors the capital market. However, cautious and well-informed investing remains essential due to inherent market volatility.

    Technical Analysis

    The NEPSE index reached a crucial technical point on Asar 16 (July 1). The spinning top candle formed on the previous session was validated by a strong bullish candle today, closing above both the mid-Bollinger band (20MA) and the 50-day moving average. This confirms buying pressure and sets a technical foundation for further upward movement.

    The chart indicates that the index attempted a breakout from the descending triangle pattern and the long-term downtrend line from above. If this breakout sustains, it could trigger a strong bullish trend. Notably, the lower support line of the triangle near the 2600 mark had acted as a base for a long time. Breaking above it adds bullish technical momentum.

    Although the MACD is still below the zero line, a bullish crossover is imminent. RSI has crossed 50 and is gradually bouncing upward, signaling strength. A move toward the 60–70 zone on the RSI would confirm a strong uptrend.

    Trading volume slightly increased compared to the previous day, confirming continued buying pressure. Interestingly, the buy/sell activity of the top 10 brokers remained balanced, indicating active institutional participation.

    The hydropower sector’s turnover share dropped by 4% to 54% compared to the previous day, while investment, microfinance, and development bank sectors gained more traction—suggesting a sectoral rotation by investors. However, despite a 29-point gain, the trading and manufacturing sub-indices showed losses, implying that not all sectors are contributing equally to the rally—giving mixed signals for technical analysts.

    In the final 15 minutes of trading, the index dropped by more than 2 points, showing some late-session selling pressure.

    Broker Analysis

    Broker no. 58 led the market with a total turnover of NPR 874.9 million, holding a 12.44% share of total trades. This broker purchased shares worth NPR 495 million and sold shares worth NPR 379.8 million.

    Broker no. 34 came in second with NPR 551.8 million in trades, showing a slightly stronger selling position (buy/sell ratio: 0.92). Broker no. 39 traded NPR 472.1 million with a balanced buy/sell ratio of 1.03.

    Broker 42 executed NPR 448.9 million in trades but had a net selling position, with 54.64% in sales and 45.36% in buys, resulting in a buy/sell ratio of 0.83.

    The data suggests that buying pressure dominated, particularly through brokers 58, 44, and 49—indicating active participation from institutional investors and large traders, reinforcing the current bullish trend.

    Saptakoshi Development Bank was mostly traded through broker 88, which accounted for 33% of its total buying—75,000 shares—and an almost equal amount of selling (73,000 shares), suggesting potential matching transactions. Similarly, NRN was heavily bought (33%, ~73,000 shares) via broker 58. Global IME Bank saw 30% of its buying through broker 28. On the selling side, 34% of Chyangdi Hydro shares were offloaded through broker 47, while 50% of CHDC was bought through broker 39.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026