
महँगी (मुद्रास्फीति) घट्यो, २०८२ वैशाख महिनामा २.७७ प्रतिशतInflation Drops Sharply to 2.77% in Baishakh 2082
नेपाल राष्ट्र बैंकका अनुसार, २०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.४० प्रतिशत थियो। यस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो। गत वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ।
तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाहरुको ३.१६ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ प्रतिशत र शहरी क्षेत्रको २.६१ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा, कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२९ प्रतिशत, मधेश प्रदेशको २.८१ प्रतिशत, बागमती प्रदेशको २.४० प्रतिशत, गण्डकी प्रदेशको २.२३ प्रतिशत, लुम्बिनी प्रदेशको २.१५ प्रतिशत, कर्णाली प्रदेशको २.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.१४ प्रतिशत रहेको छ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४ प्रतिशत, तराईको २.६४ प्रतिशत, पहाडको २.६५ प्रतिशत र हिमालको ४.०१ प्रतिशत रहेको छ।
According to Nepal Rastra Bank, the annual point-to-point consumer inflation rate in Baishakh 2082 has decreased to 2.77%, compared to 4.40% in the same month of the previous year. In Baishakh, the inflation for food and beverages stood at 1.52%, while non-food and services inflation was 3.45%.
In the same period last year, the inflation for these groups was 6.41% and 3.09%, respectively. In Baishakh, within the food and beverages group, the annual point-to-point inflation for ghee and oils was 11.08%, fruits were 6.15%, lentils and pulses were 5.17%, and non-alcoholic beverages saw a 4.70% increase.
However, the annual point-to-point inflation for vegetables was 8.11%, spices increased by 2.20%, and fish and meat decreased by 0.48%.
In the non-food and services group, inflation for miscellaneous goods and services was 9.04%, for education it was 5.88%, for clothing and footwear it was 5.23%, for furnishings and household equipment it was 3.99%, and for restaurants and housing services, it increased by 3.16%.
In the rural areas, the annual point-to-point consumer inflation was 3.21%, while in urban areas it was 2.61%.
By province, the annual point-to-point consumer inflation for the provinces was as follows: Koshi Province at 4.29%, Madhesh Province at 2.81%, Bagmati Province at 2.40%, Gandaki Province at 2.23%, Lumbini Province at 2.15%, Karnali Province at 2.21%, and Sudurpashchim Province at 3.14%.
In the Kathmandu Valley, the annual point-to-point inflation was 2.64%, in the Terai it was 2.64%, in the hills it was 2.65%, and in the mountains, it was 4.01%.




