
भदौ महिनामा मूल्य वृद्धिदर ३.८५ प्रतिशतमा सीमित, लक्ष्यभन्दा न्यूनInflation Rate Limited to 3.85% in Bhadra, Below Target
नेपाल राष्ट्र बैंकले चालु वर्षका लागि ५.५ प्रतिशतको मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य राखेको भए तापनि भदौ मसान्तसम्म यो दर लक्ष्यभन्दा तल रहन गएको छ। भदौ महिनाको मूल्य वृद्धिदर ३.८५ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्षको सोही महिनाको ८.१९ प्रतिशत भन्दा उल्लेखनीय रूपमा न्यून हो।
खाद्य र पेय पदार्थमा उच्च वृद्धि, तर मरमसलामा गिरावट
भदौमा खाद्य तथा पेय पदार्थ समूहमा ५.०३ प्रतिशतको वृद्धि देखिएको छ भने गैर–खाद्य तथा सेवा समूहमा ३.१९ प्रतिशतको वृद्धि भएको छ। खाद्य समूहमा दाल तथा गेडागुडीको मूल्य वृद्धिदर १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, र खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत रह्यो। यता, मरमसला समूहमा भने २.६९ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य वस्तु तथा सेवाहरूमा पनि वृद्धि
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवामा ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ६.०८ प्रतिशत र घरायसी उपकरणमा ४.८८ प्रतिशतले मूल्य बढेको देखिएको छ। विशेष गरी, विमा तथा वित्तीय सेवा उप–समूहमा मूल्य स्थिर रहेको छ।
क्षेत्रगत र प्रदेशगत मूल्य वृद्धिदर
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ४.०४ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा ३.७८ प्रतिशत छ। प्रदेशगत रुपमा कोशी प्रदेशमा ४.६६ प्रतिशत, मधेश प्रदेशमा ३.८२ प्रतिशत, बागमती प्रदेशमा ३.२९ प्रतिशत, र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५.९० प्रतिशतले मूल्य वृद्धि भएको छ। काठमाडौं उपत्यकामा ३.४९ प्रतिशत र हिमाल क्षेत्रमा ४.१९ प्रतिशतको वृद्धिदर छ।
Despite the Nepal Rastra Bank setting a target inflation rate of 5.5% for the current fiscal year, the inflation rate up to the end of Bhadra has remained below this target. The inflation rate for the month of Bhadra was only 3.85%, significantly lower than the 8.19% recorded in the same month last year.
Rise in Food and Beverage Prices, but Decline in Spices
In Bhadra, the Food and Beverage category saw a 5.03% increase, while the Non-Food and Services category registered a 3.19% rise. Within the Food category, pulses and legumes showed a price increase of 10.80%, vegetables 9.84%, and food and related items 9.34%. However, the Spice category saw a price drop of 2.69%.
Increase in Non-Food Items and Services
The Non-Food and Services category recorded a price hike in various items, including an 8.71% increase in miscellaneous goods and services, 6.76% in alcoholic beverages, 6.08% in clothing and footwear, and 4.88% in household appliances. Notably, the insurance and financial services sub-category remained stable with no price change.
Inflation Rate by Region and Province
In rural areas, the inflation rate stood at 4.04%, while it was 3.78% in urban areas. By province, Koshi recorded a 4.66% inflation rate, Madhesh 3.82%, Bagmati 3.29%, and Sudurpaschim saw the highest increase at 5.90%. Meanwhile, the Kathmandu Valley recorded an inflation rate of 3.49%, and the mountainous regions saw a 4.19% increase.




