NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Insurance Board Holds Discussion with Non-Life and Reinsurance Companies to Expedite Claim...
    बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीबीच दाबी भुक्तानी छिटो बनाउन छलफल, बीमकलाई तत्काल कदम चाल्न निर्देशन
    Top
    2 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीबीच दाबी भुक्तानी छिटो बनाउन छलफल, बीमकलाई तत्काल कदम चाल्न निर्देशनInsurance Board Holds Discussion with Non-Life and Reinsurance Companies to Expedite Claim Settlements

    काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी र भुक्तानी प्रक्रिया छिटोछरितो बनाउनका लागि नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले आन्दोलनका कारण भएका क्षतिको बीमा दाबी भुक्तानीयोग्य रहेको र बीमा कम्पनीहरूको मुख्य दायित्व बीमितलाई दाबी रकम उपलब्ध गराउने भएको स्पष्ट पार्दै सबै बीमकहरूलाई दाबी भुक्तानी मार्गदर्शनअनुसार छिटो भुक्तानी गर्न निर्देशन दिएका छन् ।

    सुवेदीले भने, “बीमकहरूले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्नुपर्छ, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्छ, र दाबी भुक्तानीको जानकारी पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्छ । पुनर्बीमकले पनि समयमै बीमकहरूलाई एड्भान्स रकम उपलब्ध गराउनुपर्छ ।”

    उनीले बीमकहरूले प्राधिकरणलाई पेस गर्ने बीमा दाबी र भुक्तानी सम्बन्धी तथ्याङ्क शुद्ध र विश्वसनीय हुनुपर्नेमा जोड दिँदै गलत तथ्याङ्क पेस गर्ने बीमकहरूमाथि कडा कारबाही गरिने चेतावनी दिए । साथै, बजारमा तरलताको कमी देखिएको भन्दै पुनर्बीमा कम्पनीहरूलाई तत्काल तरलता प्रवाह गर्न निर्देशन पनि दिएका छन् ।

    छलफलमा सहभागी निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका क्षतिप्रति दाबी भुक्तानी दिन आफूहरू पूर्ण रूपमा सक्षम रहेको र कुनै समस्या नभएको बताए । उनीहरूले साना दाबीहरूको भुक्तानी पहिले नै सुरु भइसकेको र ठूला दाबीहरूको हकमा पुनर्बीमा कम्पनीहरूको सक्रिय सहयोग र नगद प्रवाह आवश्यक रहेको बताए ।

    त्यस्तै, कम्पनीहरूले क्षतिको प्रारम्भिक प्रतिवेदन तयार गर्न फिल्डमा सर्भेयरहरू परिचालन भइसकेको र प्रतिवेदन प्राप्त गर्ने क्रम जारी रहेको जानकारी पनि दिएका छन् ।

    नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पुनर्बीमा वापतका दाबी रकम भुक्तानी गर्न कम्पनी पूर्ण रूपमा सक्षम रहेको उल्लेख गर्दै, आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई रकम शीघ्र उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुब तिमिल्सिना, शाम्भराज लामिछाने र निर्मल अधिकारी, साथै निर्जीवन, लघु निर्जीवन र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू उपस्थित थिए ।

    #NepalInsuranceAuthority #NonLifeInsurance #Reinsurance #ClaimSettlement #InsuranceRegulation #InsuranceNewsNepal #SushilDevSubedi #ReinsuranceNepal #InsuranceSectorNepal #FinancialNewsNepal

    Kathmandu — The Nepal Insurance Authority (NIA) held a meeting today with the Chief Executive Officers of non-life insurance companies, micro non-life insurance companies, and reinsurance companies to discuss the current status of insurance claims and payments related to damages caused during the recent protests and unrest across the country.

    During the meeting, the Authority’s Executive Director Sushil Dev Subedi emphasized that the damages caused during the recent protests are eligible for insurance compensation, and it is the responsibility of the insurers to make prompt claim payments. He directed companies to follow the official claim settlement guidelines and ensure that payments are made as quickly as possible.

    Executive Director Subedi stated,

    “Insurance companies must begin settlements based on the preliminary survey reports. Policyholders should tangibly feel that they are receiving compensation. Insurers must publicly share information about claim settlements, while reinsurers should also provide advance funds to insurers in a timely manner.”

    He further stressed that all claim and payment data submitted to the Authority must be accurate and transparent, warning that any company providing misleading information would face regulatory action. Subedi also instructed reinsurance companies to prioritize liquidity management and ensure immediate liquidity flow into the market to support claim settlements.

    During the discussion, the CEOs of non-life and micro non-life insurers stated that they are fully capable of handling claim payments and that there are no major obstacles in settling the claims. They reported that smaller claims have already been paid, while larger claims will require active financial cooperation from reinsurance companies to ensure smooth liquidity flow.

    The companies also mentioned that surveyors have already been deployed in the field to assess the extent of damage, and the submission of survey reports is ongoing.

    The CEO of Nepal Reinsurance Company Limited assured that the company is financially capable of meeting all reinsurance obligations and committed to releasing reinsurance payments to insurers as soon as the necessary procedures are completed.

    The meeting was attended by NIA Directors Pujan Dhungel Adhikari, Dhruba Timilsina, Shambhuraj Lamichhane, and Nirmal Adhikari, along with the CEOs of non-life, micro non-life, and reinsurance companies from across the country.

    #NepalInsuranceAuthority #InsuranceClaims #NonLifeInsurance #Reinsurance #ClaimSettlement #InsuranceSectorNepal #SushilDevSubedi #InsuranceRegulation #NepalReinsurance #FinancialNewsNepal

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026