NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Insurance Claims from Gen Z Protests Reach NPR 23.39 Billion
    जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
    Investor
    1 min read
    Published on September 28, 2025
    NEPSE TRADING

    जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्योInsurance Claims from Gen Z Protests Reach NPR 23.39 Billion

    गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण मुलुकभरका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। यसका लागि बीमा कम्पनीहरूमा हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमा दाबीको आवेदन आउने क्रम अझै जारी रहेकाले यो रकम थप बढ्ने अनुमान गरिएको छ।

    बीमा प्राधिकरणको तथ्यांकअनुसार, हालसम्म कुल २,९८८ वटा बीमा दाबीका आवेदन दर्ता भएका छन्। तीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा दाबी परेको छ।

    प्रदेशगत हिसाबले सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा दर्ता भएको छ, जहाँ १,६०८ वटा आवेदन परेको छ। त्यसपछि कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा बीमा दाबी दर्ता भएका छन्।

    कम्पनीगत हिसाबले सबैभन्दा ठूलो दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसको रकम रु ५ अर्ब ४५ करोड ९३ लाख बराबर छ। त्यसपछि दि ओरियन्टल इन्स्योरेन्समा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबी परेको छ।

    नेपालभरका १४ निर्जीवन बीमा कम्पनी र ४ माइक्रो इन्स्योरेन्स कम्पनीमा हालसम्म यी दाबी आवेदन दर्ता भएका छन्। प्राधिकरणले क्षति ठूलो भएकाले बीमा दाबीको संख्या र रकम दुवै अझै बढ्न सक्ने अनुमान गरेको छ।

    The Gen Z protests of Bhadra 23 and 24 caused widespread destruction of physical infrastructure across Nepal. According to the Nepal Insurance Authority, insurance claims related to these damages have already reached NPR 23.39 billion, and the number is expected to rise further as applications continue to be filed.

    So far, a total of 2,988 insurance claims have been registered. These include 594 property insurance claims, 2,209 motor insurance claims, 144 engineering and contractor risk insurance claims, 11 transport insurance claims, and 30 other categories of insurance claims.

    In terms of provincial distribution, the highest number of claims has come from Bagmati Province, with 1,608 applications. Following that, Koshi Province reported 377 claims, Madhesh 323, Gandaki 219, Lumbini 254, Karnali 25, and Sudurpaschim 182.

    Company-wise, the largest insurance claim has been filed with Siddhartha Premier Insurance, amounting to NPR 5.45 billion. Similarly, The Oriental Insurance has received claims worth NPR 5.23 billion, IGI Prudential Insurance NPR 2.79 billion, Shikhar Insurance NPR 2.39 billion, and Sagarmatha Lumbini Insurance NPR 1.57 billion.

    Altogether, claims have been lodged with 14 non-life insurance companies and 4 micro-insurance companies across the country. The Insurance Authority noted that, given the extent of physical damage, both the number and total value of claims are likely to increase in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026