·
अन्तर्राष्ट्रिय इन्धन संकटका कारण नागढुंगा–नौबिसे सडक कालोपत्रे कार्य प्रभावित
Author
NEPSE TRADING

काठमाडौं। इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण उत्पन्न इन्धन आपूर्ति संकटले नेपालका विकास आयोजनामा समेत प्रत्यक्ष असर पारेको छ । अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको अभाव भएपछि नागढुंगा–मुग्लिङ सडक योजनाअन्तर्गत नागढुंगा–नौबिसे खण्डको कालोपत्रे काम रोकिएको छ। निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका अनुसार निर्माणको अन्तिम चरणमा पुगेको सडकमा आवश्यक करिब ५ सय ३० टन बिटुमिन समयमै आपूर्ति नहुँदा काम अवरुद्ध भएको हो। हाल ६ किलोमिटर अन्तिम कालोपत्र सम्पन्न भइसकेको भए पनि बाँकी खण्डको काम रोकिएको छ । निर्माण व्यवसायीले तत्काल आपूर्ति भए १० दिनभित्र काम सम्पन्न गर्न सकिने बताएका छन् । योजना कार्यालयका अनुसार यस खण्डको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत पुगेको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजनामा पेट्रोलियम आपूर्ति संकटले प्रत्यक्ष असर पारेको छ।



