NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Inverted Hammer Candle Reappears as Major Investors Actively Buy Amid Uncertain Market Sen...
    इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामा
    Investor
    2 min read
    Published on June 24, 2025
    NEPSE TRADING

    इनभर्टेड ह्याम्मर क्यान्डल फेरि बन्यो, ठूला लगानीकर्ता सक्रिय – बजार दिशाहीन अवस्थामाInverted Hammer Candle Reappears as Major Investors Actively Buy Amid Uncertain Market Sentiment

    असार मसान्तको कर सम्वन्धी दबाबका कारण बजारमा मनोवैज्ञानिक प्रभाव देखिए पनि ठूला लगानीकर्ता भने सक्रिय रुपमा स्टक खरिद गरिरहेका छन्। मंगलबार पनि बजारमा इनभर्टेड ह्याम्मर क्यान्डल बनेको छ, तर पछिल्ला पोजेटिभ क्यान्डलहरू जस्तै यस क्यान्डलले पनि हालसम्म पुष्टि दिने क्यान्डल पाउन सकेको छैन, जसले बजार अझै पनि अनिश्चित दिशामा रहेको देखाउँछ।

    मंगलबारको दिन नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा बन्द भएको छ। सोमबार करिब ६ अर्ब ५० करोड बराबरको कारोबार भएकोमा मंगलबार घटेर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। कूल ३१६ स्टकको ६२,७५५ पटकको कारोबारमा १ करोड ३८ लाख कित्ता शेयर किनबेच भएको हो।

    प्रविधिक विश्लेषण अनुसार सोमबार बनेको स्पिनिङ टप क्यान्डलको उच्च बिन्दु मंगलबार इन्ट्राडेमा पार गरे पनि क्लोजिङ्ग त्यसभन्दा तल रहनु उक्त क्यान्डललाई इनभ्यालिड बनाउँछ। आजको इनभर्टेड ह्याम्मरले अलिकति आशा देखाए पनि पुष्टि नहुनुले अझै ट्रेन्ड निर्धारण नभएको स्पष्ट हुन्छ।

    बजारको अन्तिम समयमा हाइड्रोपावर सेग्मेन्टमा ठूलो सप्लाई देखिएको छ। कारोबार संरचना हेर्दा हाइड्रोको हिस्सा घट्दै ६१% मा झरेको छ भने इन्भेस्टमेन्ट समूहको हिस्सा दोब्बर बढ्दै ९.५% मा पुगेको छ। यसले हाइड्रोमा नाफा बुक गरेर लगानीकर्ताले इन्भेस्टमेन्ट सेग्मेन्टमा आकर्षण देखाएको संकेत गर्छ।

    १५ मिनेटको औसत भारित सूचक पनि १ अंकले घट्दै बजार बन्द भएको छ, जसले अन्तिम घडीमा पनि विक्री दबाब कायम रहेको पुष्टि गर्छ। RSI पनि ३६.२४ मा झरेको छ, जुन ओभरसोल्ड नजिक पुग्दैछ – त्यसैले अल्पकालीन प्राविधिक सुधारको सम्भावना भने छ।

    ब्रोकर विश्लेषण: ठूला लगानीकर्ताको सक्रियता

    ब्रोकरहरूको गतिविधि विश्लेषण गर्दा १० ठूला ब्रोकरमध्ये ७ ब्रोकरमार्फत खरिद सेलभन्दा बढी देखिएको छ। ब्रोकर नं. ५८ ले ९० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबारमा ४९ करोड बाई र ४१ करोड सेल गरेको छ। ब्रोकर नं. ३४ ले २० करोडको बाई र १९ करोडको सेल गरेको छ भने ब्रोकर नं. ५६ ले भने १६ करोड बाई र १९ करोड सेल गरेको छ।

    यसबाट स्पष्ट संकेत मिल्छ कि ठूला लगानीकर्ता बजारमा सक्रिय छन्, र मूल्य घट्दो अवस्थामा स्टक संकलन गरिरहेका छन्। तर, समग्र बजार अझै स्पष्ट ट्रेन्डमा नआएको, र खुम्चिएको कारोबारले लगानीकर्ताको सतर्कता दर्शाइरहेको छ।

    बजारमा पोजेटिभ संकेतहरू देखिए पनि स्पष्ट अपट्रेंड पुष्टि हुन समय लाग्ने सम्भावना देखिन्छ। सतर्कता अपनाउँदै, विश्लेषणमा आधारित लगानी रणनीति अझै उपयुक्त देखिन्छ।

    Despite tax-related pressure due to the approaching fiscal year-end, major investors appear to be actively accumulating stocks. On Tuesday, another Inverted Hammer candle formed on the NEPSE chart, signaling a potential bullish reversal. However, like the recent series of positive candles, this too lacks confirmation, suggesting continued uncertainty in market direction.

    The NEPSE index fell slightly by 0.22 points to close at 2,600.53. Total trading turnover also declined, dropping from around NPR 6.5 billion on Monday to NPR 5.76 billion on Tuesday. A total of 138.18 million shares of 316 listed stocks were traded in 62,755 transactions.

    From a technical standpoint, although Tuesday's intraday high broke above Monday’s spinning top candle, the close was below that level, invalidating the bullish signal. The newly formed inverted hammer does indicate potential strength, but without follow-through, market direction remains indecisive.

    In terms of sector movement, Hydropower stocks saw high supply pressure in the final hour of trading. Hydropower’s share in total turnover dropped to 61%, while the Investment sector’s turnover share doubled to 9.5%, reflecting a strategic rotation by investors booking profits in hydro and shifting focus.

    The 15-minute average weighted index dropped by 1 point at closing, showing persistent end-of-day selling pressure. Meanwhile, the RSI stands at 36.24, nearing the oversold zone—indicating possible short-term recovery but no strong confirmation of an upward trend.

    Broker Activity: Large Investors Buying Aggressively

    Analysis of broker data shows that among the top 10 brokers, 7 had more buy-side trades than sell-side, indicating that institutional or large investors are accumulating. Broker No. 58 recorded the highest turnover of NPR 908.5 million, with NPR 490 million in buys and NPR 410 million in sells. Similarly, Broker No. 34 recorded NPR 200 million in buys and NPR 190 million in sells, while Broker No. 56 had NPR 160 million in buys and NPR 190 million in sells.

    This pattern shows that major investors are taking positions while prices are consolidating. However, the overall market still lacks strong direction, and the continuously shrinking turnover reflects cautious investor sentiment.

    Although some technical indicators and buying interest from major brokers offer a hint of optimism, the NEPSE index is yet to confirm a solid short-term uptrend. Strategic and cautious investment remains key in the current scenario.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026