NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Investor Groups Demand Separate ISIN Numbers for Promoter and Ordinary Shares
    पुँजीबजारमा संस्थापक र साधारण सेयर छुट्याएर दुईवटा आईजीन नम्बर लागू गर्न लगानीकर्ता संगठनहरूको माग
    Investor
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    पुँजीबजारमा संस्थापक र साधारण सेयर छुट्याएर दुईवटा आईजीन नम्बर लागू गर्न लगानीकर्ता संगठनहरूको मागInvestor Groups Demand Separate ISIN Numbers for Promoter and Ordinary Shares

    पाँचवटा सेयर लगानीकर्ता संगठनले संस्थापक सेयर र साधारण सेयरलाई छुट्याएर फरक–फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) लागू गर्न माग गरेका छन्। नेपाल शेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठ, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे, साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे र जनरल इन्भेष्टर एसोसियसनका अध्यक्ष दीपक कार्कीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

    विज्ञप्तिमा लगानीकर्ता संगठनहरूले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले तयार पारेको आईजीन नम्बर सम्बन्धी निर्देशिकाको मस्यौदालाई तत्काल स्वीकृत गर्न नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेका छन्। उनीहरूले केही कम्पनीका संस्थापक लगानीकर्ताले कर्मचारीसँग मिलेमतो गरी एउटै आईजीन नम्बरको दुरुपयोग गर्दै संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत नगरी दोस्रो बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको आरोप लगाउँदै तत्काल छानबिनको माग समेत गरेका छन्।

    लगानीकर्ताहरूका अनुसार दुईवटा आईजीन नम्बर लागू गर्नु पुँजीबजारको पारदर्शिता, स्थायित्व र विश्वसनीयता बढाउने दूरदर्शी कदम हो। उनीहरूले निश्चित अवधिपछि नियमअनुसार ती दुईवटा आईजीन नम्बर समायोजन गर्ने नीतिगत व्यवस्थालाई स्वागत गरेका छन्।

    विज्ञप्तिमा संस्थापक लगानीकर्ताहरूले तीन वर्षमै सेयर बिक्री गरेर बाहिरिने प्रवृत्ति अन्त्य गर्न माग गरिएको छ। यस्तो प्रवृत्तिले वित्तीय संस्थामा जोखिम बढाउने र सामान्य लगानीकर्ता गलत कम्पनीमा फस्ने अवस्था आउने भएकाले, कम्पनीको सुशासन, जोखिम बहन क्षमता, पारदर्शिता, व्यवस्थापन र व्यावसायिक योजनाको अध्ययन गरेर मात्र आईपीओ र राइट सेयर स्वीकृत गर्नुपर्ने माग गरिएको छ। साथै, अन्य वित्तीय संस्थामा जस्तै सबै प्रकारका कम्पनीमा निश्चित प्रतिशत संस्थागत लगानीकर्ताको अनिवार्य व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।

    Five investor organizations have called for the implementation of separate International Securities Identification Numbers (ISIN) for promoter shares and ordinary shares. The joint demand was made by Dr. Keshav Prasad Shrestha, President of Nepal Share Market Investors Association; Prakash Rajoure, General Secretary of Nepal Securities Investors Association; Ritu Jung GC, President of General Investors Association Nepal; Ghanshyam Pandey, President of Nepal Shareholders Association; and Deepak Karki, President of General Investor Association, through a joint press statement.

    In their statement, the organizations urged the Nepal Securities Board to immediately approve the draft guidelines on ISIN numbers prepared by CDS and Clearing Limited (CDSC). They alleged that some promoter shareholders, in collusion with employees, have been misusing a single ISIN number to sell promoter shares in the secondary market at high prices without converting them into ordinary shares, and demanded an immediate investigation into the matter.

    According to the investors, implementing two separate ISIN numbers would be a forward-looking step that would enhance transparency, stability, and credibility in Nepal’s capital market. They welcomed the planned policy provision to merge the two ISIN numbers after a certain period in accordance with regulations.

    The statement also called for ending the practice of promoter shareholders exiting by selling their shares within just three years. They warned that such behavior increases risks for financial institutions and can lead ordinary investors into investing in weak companies. The groups demanded that IPOs and rights shares should only be approved after assessing a company’s corporate governance, risk-bearing capacity, transparency, management, and business plans. In addition, they called for mandatory allocation of a certain percentage of shares to institutional investors in all types of companies, similar to the provision in other financial institutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026