काठमाडौं — नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती, सम्भावित समाधान तथा सर्ट सेलिङ र इन्ट्राडे कारोबारको भविष्यबारे छलफल गर्न ललितपुरमा ‘मन्थ्ली इन्भेस्टर मिट–सिजन १’ आयोजना हुने भएको छ।
बा–आमा कन्सल्टेन्ट सर्भिस प्रालिको आयोजनामा साउन २३ गते ललितपुरको ग्वार्कोस्थित रोयल ट्युलिप होटलमा कार्यक्रम हुने आयोजकले जनाएको छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सर्ट सेलिङ र इन्ट्राडे कारोबारलाई नयाँ अवसर वा सम्भावित जोखिमका रूपमा कसरी हेर्ने भन्ने विषयमा अन्तरक्रिया हुनेछ।
कार्यक्रममा पूँजी बजार विश्लेषक अजित खनालले मुख्य वक्ताका रूपमा धारणा राख्नेछन्। प्यानल छलफलमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री, व्यवसायी तथा भूराजनीतिक–आर्थिक विश्लेषक अरुणकुमार सुवेदी र अन्तर्राष्ट्रिय पूँजी बजार विज्ञ मुक्ति अर्याल सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा बजारको पछिल्लो प्रवृत्ति, विद्यमान नीतिगत तथा संरचनागत समस्या, लगानीकर्ताका जोखिम र बजार सुधारका सम्भावित उपायमाथि विज्ञ तथा सहभागीबीच प्रत्यक्ष संवाद गरिनेछ। साथै लगानीकर्ताबीच अनुभव आदानप्रदान र नेटवर्किङको अवसरसमेत उपलब्ध हुने बताइएको छ।
सीट सीमित भएकाले सहभागी छनोट ‘पहिले आउनेलाई पहिलो प्राथमिकता’का आधारमा गरिने आयोजकको भनाइ छ। इच्छुक व्यक्तिले आयोजकले उपलब्ध गराएको गुगल फाराम भर्न वा प्रचार सामग्रीमा रहेको क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।
Kathmandu — An investor conference will be held in Lalitpur to discuss the current state of Nepal’s capital market, its major challenges, possible reforms, and the future of short selling and intraday trading.
BaAma Consultant Service Pvt. Ltd. is organising the “Monthly Investor Meet—Season 1” on 23 Shrawan 2083 at Royal Tulip in Gwarko, Lalitpur. The event will run from 11:00 am to 2:00 pm.
The programme will examine whether short selling and intraday trading should be viewed as new opportunities for Nepal’s capital market or as potential sources of additional risk. Participants will also discuss market trends, regulatory and structural constraints, investor protection and measures needed to make the market more mature and resilient.
Capital market analyst Ajit Khanal will deliver the keynote address. The panel discussion will feature veteran banker Parshuram Kunwar Chhetri, businessman and geopolitical-economic analyst Arun Kumar Subedi, and international capital market expert Mukti Aryal.
According to the organiser, the event will provide investors with an opportunity to interact directly with experienced speakers, exchange views and build professional networks.
Seats are limited and registration will be accepted on a first-come, first-priority basis. Interested participants can register by completing the Google form shared in the comment section or by scanning the QR code included in the event notice.