·

बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता

Author

NEPSE TRADING

बुटवलमा “इन्भेष्टर प्रो मिट २०८२” सम्पन्न, सयौं लगानीकर्ताको उत्साहजनक सहभागिता

नेप्से ट्रेडिङ डटकम र त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) को आयोजनामा शनिबार बुटवलको दियालो फूडल्याण्डमा “इन्भेष्टर प्रो मिट २०८२” सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सयौं लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात स्वागत मन्तव्यका साथ नेप्से ट्रेडिङका जीएम जगन्नाथ थपलियाले गरेका थिए। उनले लगानीकर्ताको निरन्तर सिकाइ र जानकारी विस्तारका लागि यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताउँदै बुटवलवासीको मागअनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

अध्यक्षीय आसनमा नेप्से ट्रेडिङका अध्यक्ष तथा प्रविधिक विश्लेषक सन्दीप कुमार चौधरी रहनु भएको यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा बैंकिङ क्षेत्रका अनुभवी पूर्व सिइओ भुवन दाहाल, ऊर्जावान प्रस्तोता संजोग कोइराला, अनुभवी लगानीकर्ता तथा विश्लेषक सुवासचन्द्र ढूंगाना, र त्रिशक्ति सेक्युरिटिजका एमडी गोविन्द दाहाल उपस्थित हुनुहुन्थ्यो। साथै, आरएसडीसी लघुवित्तका सिइओ ध्रुवकुमार पौडेल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रबन्धक गणेश ढकाल, मार्केटिङ हेड दया लोहोनी, र विश्णुप्रसाद पौडेल पनि विशेष अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा लगानीकर्ताहरूका लागि आकर्षक अफरहरू पनि घोषणा गरिएका थिए। नेप्से ट्रेडिङका तर्फबाट इलाइट, प्रिमियम र बेसिक फिचरहरूमा ५० प्रतिशत छुट प्रदान गरिएको थियो भने त्रिशक्ति सेक्युरिटिजको तर्फबाट सहभागिलाई लाइफटाइम डिम्याट र मेरोसेयर केवल १७ सयमै गराउने सुविधाको व्यवस्था गरिएको थियो। साथै, लुम्बिनी केबल कारले उपस्थित सबैलाई २५ प्रतिशत छुट कुपन प्रदान गरेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण प्यानल डिस्कसन थियो, जसमा विभिन्न क्षेत्रका विज्ञहरूले लगानी, अर्थतन्त्र र बजारका पक्षमा आफ्ना विचारहरू राखेका थिए ।

भुवन दाहालले हालको आर्थिक अवस्थाले बैंकिङ नाफा र लगानी प्रवाहमा पार्ने प्रभावबारे चर्चा गरे ।

संजोग कोइरालाले युवाहरूले लगानी र उद्यमशीलता बीच सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्नेबारे प्रेरणादायी विचार प्रस्तुत गरे ।

सन्दीप कुमार चौधरीले बजारका प्रविधिक सूचकहरू विश्लेषण गर्दै बजारका सम्भावित ट्रेन्डबारे प्रकाश पारे ।

सुवासचन्द्र ढूंगानाले दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त सेक्टरहरूबारे सुझाव दिए । त्यस्तै उनले लगानीकर्ताको मनोविज्ञानको बारे पनि धारणा राखेका थिए ।

कार्यक्रममा सहभागी लगानीकर्ताहरूले प्रश्नोत्तर सत्रमा सक्रिय सहभागिता जनाएका थिए । समापनमा आयोजक संस्थाले सबै अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि लगानी शिक्षाका यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनायो ।

Related News