·
कमलपोखरीमा लगानीकर्ता भेला हुने
Author
NEPSE TRADING

काठमाडौं, असोज ४ –
पुँजीबजार सुधार तथा आगामी कार्यदिशाबारे बृहत्तर छलफल गर्न लगानीकर्ताहरूको भेला आज हुने भएको छ। पुँजी बजारमा सक्रिय पाँचवटा लगानीकर्ताहरूको संघको पहलमा असोज ४ गते दिउँसो २ बजे कमलपोखरीमा कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो।
आयोजक संघहरूले पुँजीबजारमा देखिएका चुनौती, सुधारका सम्भावना र भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल हुने जानकारी दिएका छन्। भेलाले लगानीकर्ताको आवाजलाई एकजुट पार्दै बजार सुधारतर्फ ठोस पहल गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सबै सरोकारवाला, लगानीकर्ता तथा पुँजीबजारसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।