NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. IPO Issue of Shreenagar Agritech Industries Limited Closes Today; Oversubscribed 5.88 Time...
    श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बन्द, हालसम्म ५.८८ गुणा बढी आवेदन
    Investor
    1 min read
    Published on October 15, 2025
    NEPSE TRADING

    श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको आईपीओ आज बन्द, हालसम्म ५.८८ गुणा बढी आवेदनIPO Issue of Shreenagar Agritech Industries Limited Closes Today; Oversubscribed 5.88 Times

    श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेड ले असोज २९ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको २५ लाख १० हजार ४९३ कित्ता साधारण शेयर (IPO) आज बन्द हुँदैछ। कम्पनीले असोज २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको थियो।

    कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त पूँजीको २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यसमध्ये १ प्रतिशत (१ लाख ६३ हजार १२५ कित्ता) रुपन्देही र पाल्पाका उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी १९ प्रतिशत अर्थात् ३० लाख ९९ हजार ३७५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो।

    यस सर्वसाधारण भागबाट १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४ प्रतिशत अर्थात् १ लाख २३ हजार ९७५ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार ९६९ कित्ता म्युचुअल फण्डका लागि छुट्याइएको छ। बाँकी २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो, जसको आवेदन आज बन्द हुँदैछ।

    यस आईपीओको इश्यू म्यानेजर नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १०,००० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो।

    सीडीएससीका अनुसार, हालसम्म १३ लाख १४ हजार १५३ जनाले जम्मा १ करोड ४७ लाख ८१ हजार ७०० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यस आधारमा आईपीओ ५.८८ गुणा बढी आवेदन परेको छ।

    यसैबीच, ICRA नेपाल लिमिटेड ले श्रीनगर एग्रीटेक इन्डस्ट्रीजको इश्यूअर रेटिङ [ICRANP-IR] B- बाट [ICRANP-IR] B मा उन्नत गरेको छ। यो रेटिङ वित्तीय दायित्व पूरा गर्न असफल हुने जोखिम उच्च रहेको जनाउँछ।

    श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेड (SAI) सन् २००४ मा स्थापना भई २०२३ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीले ‘सुनौलो’ र ‘हिमदाना’ ब्रान्ड अन्तर्गत कुखुरा, गाईभैंसी तथा माछा लागि दाना उत्पादन गर्छ। रुपन्देहीमा रहेको कारखानाको वार्षिक उत्पादन क्षमता १ लाख ३५ हजार ७८० मेट्रिक टन रहेको छ। साथै कम्पनीले पोल्ट्री र मासु प्रशोधनमा पनि विस्तार गरेको छ।

    मुख्य प्रोमोटरहरूमा सतीशचन्द्र श्रेष्ठ (३४%), चन्द्र पंकज डेभलपर्स (१२%), शिखर इन्स्योरेन्स (८%), सिटिजेन लाइफ इन्स्योरेन्स (४%) र करिब ८३० जना अन्य लगानीकर्ताहरूले ४२% हिस्सा राखेका छन्।

    Shreenagar Agritech Industries Limited is closing the issue of 25,10,493 units of ordinary shares (IPO) today, Ashwin 29, 2082. The IPO had opened for the general public on Ashwin 26, 2082.

    The company’s issued capital stands at Rs. 1.63 Arba, of which 20% (32,62,500 units) has been offered to the public. Out of this, 1% (1,63,125 units) was reserved for project-affected locals of Rupandehi and Palpa districts, while the remaining 19% (30,99,375 units) was allocated to the general public.

    From this general public portion, 10% (3,09,938 units) was set aside for Nepali citizens working abroad, 4% (1,23,975 units) for the company’s employees, and 5% (1,54,969 units) for mutual funds. The remaining 25,10,493 units are open for general investors and will close today.

    Nabil Investment Banking Limited has been appointed as the issue manager. Investors were able to apply for a minimum of 10 units and a maximum of 10,000 units.

    According to CDSC, a total of 13,14,153 applicants have applied for 1,47,81,700 units, indicating that the IPO has been oversubscribed by 5.88 times so far.

    Meanwhile, ICRA Nepal Limited has upgraded the issuer rating of Shreenagar Agritech Industries Limited from [ICRANP-IR] B- to [ICRANP-IR] B. The rating suggests a high risk of defaulting on financial obligations and reflects the company’s general creditworthiness, not tied to any specific debt instrument.

    Shreenagar Agritech Industries Limited (SAI) was established in 2004 and converted into a public company in 2023. The company manufactures poultry, cattle, and fish feed under the brands ‘Sunaulo’ and ‘Himdana’, with an annual production capacity of 135,780 metric tonnes at its Rupandehi plant. It has also diversified into poultry and meat processing.

    The company’s major promoters include Satish Chandra Shrestha (34%), Chandra Pankaj Developers (12%), Shikhar Insurance (8%), Citizen Life Insurance (4%), and around 830 other individual investors holding the remaining 42%.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026