जलशक्ति हाइड्रो कम्पनी लिमिटेड
केन्द्रीय कार्यालय, काठमाण्डौ । फोन नं.: ०१-५४०५६०८
११(एघार)औं वार्षिक साधारण सभा सम्बन्धि सूचना
श्री शेयरधनी महानुभावहरु,
मिति २०८२/०१/०६ मा सम्पन्न संचालक समितिको बैठकको निर्णय बमोजिम जलशक्ति हाइड्रो कम्पनी लिमिटेडको ११ (एघार)औं वार्षिक साधारण सभा मिति २०८२/०२/२९ गते मंगलवार गर्न भनिएकोमा विशेष कारणले गर्दा स्थगित भएकोमा मिति २०८२/०२/३१ मा बसेको संचालक समितिको बैठकको निर्णयानुसार उक्त वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा साविक बमोजिमकै विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनीहरुका समुउपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, स्थान र समय :
स्थान : कम्पनीको रजिष्ट्रर्ड कार्यालय, महाराजगंज, काठमाण्डौ ।
मिति : २०८२/०३/२२ गते सोमवार (तदनुसार जुलाई ०६, २०२६)
समय : विहान १०:३० बजे ।
छलफलका लागि प्रस्तावित विषयहरु :
(क) सामान्य प्रस्तावहरु :
(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने ।
(३) आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।
(४) संचालक समितिबाट भए गरेका निर्णय, काम कारबाहीहरु अनुमोदन गर्ने ।
(५) विविध ।
(ख) विशेष प्रस्तावहरु :
(१) कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।
(२) कम्पनीको प्रवन्धपत्र, नियमावली संशोधन गर्ने र कम्पनीको प्रवन्धपत्र, नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल, संशोधन, थपघट गर्नुपर्ने सुझाव प्राप्त भएमा सो सम्बन्धमा थपघट गर्न संचालक समितिलाई अख्तियारी दिने ।
(३) कम्पनीको ऋण, जमानी तथा लगानी सम्बन्धमा ।
(ग) विविध
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव



