जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडको
काठमाण्डौ महानगरपालिका १३, काठमाण्डौ, बागमती
फोन न: ९८०२३४१५३६
प्रथम वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना
यस जनता एग्रो एण्ड फरेष्ट्री लि. को २०८३ साल असार महिना ०१ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस कम्पनीको विशेष साधारण सभा निम्नलिखित मिति, समय तथा स्थानमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्ने बन्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
मिति: २०८३/०३/२६
सभा सुरु हुने समय: बिहानको ११: ३० बजे
स्थान: अनलाइन माध्यम द्वारा संचालन हुने।
साधारण प्रस्तावहरु :-
- कम्पनीमा विभिन्न संस्थागत लगानीकर्ताबाट प्रस्तावित लगानी सम्बन्धमा छलफल तथा आवश्यक निर्णय गर्ने।
- कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मा जानका लागि पूँजी पुनः निर्धारण गर्ने सम्बन्धमा।
- विविध।
विशेष प्रस्ताव :-
१. कम्पनीको नियमावलीको नियम २७ को उपनियम ३ संशोधन सम्बन्धमा।
२. विविध।
(कम्पनी सचिव)
सञ्चालक समितीको आज्ञाले
विशेष साधारणसभा सम्बन्धी जानकारीहरु:
- सञ्चालक समितिका सदस्यहरु कम्पनीको कर्पोरेट कार्यालयमा अनिवार्य रुपमा उपस्थित भई सभामा सहभागी हुनुपर्ने छ।
- यस सभामा शेयरधनीहरुले अनलाइन माध्यमबाट सहभागी हुन सक्ने छन्, जसका लागि आवश्यक लिंक/प्लेटफर्म उपलब्ध गराइने छ र सभामा प्रवेश गर्दा आफ्नो आधिकारिक नाम प्रयोग गर्नुका साथै पहिचान प्रमाणीकरणका लागि तल उल्लेखित मोबाईल नम्बरमा आफ्नो फोटोसहितको परिचयपत्र WhatsApp मार्फत पठाउनुहुन अनुरोध छ।
- सभाको प्राविधिक तयारी तथा पहिचान प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन सम्पूर्ण शेयरधनी तथा प्रोक्सीहरुलाई सभा प्रारम्भ हुनुभन्दा कम्तीमा १० मिनेट अगावै अनलाइन प्लेटफर्ममा सहभागी (Join) हुन अनुरोध गरिन्छ।
- सभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहनुहुने शेयरधनीहरुले आवश्यक समन्वय तथा जानकारीका लागि मिति २०८३/०३/२४ गते भित्र कम्पनीको आधिकारिक नं. ९८०२३४१५३६ मा सम्पर्क गर्नुहुन अनुरोध छ।




