·
JBBL को संस्थापक सेयर बिक्रीमा
Author
NEPSE trading
ज्योति विकास बैंक लिमिटेडले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ। बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन। इच्छुक व्यक्तिहरू, कम्पनी संघसंस्था, वा सर्वसाधारणले यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिन सक्नेछन्।