श्री नेपाल स्टक एक्सचेन्ज लि.
सिंहदरबारप्लाजा, काठमाण्डौँ ।
विषय : शेयर रजिष्ट्रार परिवर्तन सम्बन्धमा ।
महोदय,
उपर्युक्त सम्बन्धमा, यस वित्तीय संस्थाको सम्पूर्ण शेयरधनीहरुको शेयर लगतको विवरण राख्ने तथा शेयरको खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानून बमोजिम शेयर रजिष्ट्रारको कार्य गर्नका लागि विगतमा एनएमबि क्यापिटल लिमिटेडसंग गरिएको सम्झौता अवधि समाप्त भएको हुँदा आगामी अवधिका लागि नयाँ शेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धमा सञ्चालक समितिको १४७औं बैठकले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र व्यवसायी प्रभु क्यापिटल लिमिटेड, काठमाण्डौँलाई आगामी १ (एक) वर्षका लागि यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार (Share Registrar) मा नियुक्त गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।
बोधार्थ :
- श्री नेपाल धितोपत्रबोर्ड, खुमलटार, ललितपुर ।
- श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, बालुवाटार, काठमाण्डौँ ।
- श्री नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, बालुवाटार, काठमाण्डौँ ।
- श्री कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौँ ।
- श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, पुतलीसडक, काठमाण्डौँ ।
- श्री एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाण्डौँ ।
भवदीय
दामोदर रेग्मी
कम्पनी सचिव



