जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरू तथा अन्य इच्छुक लगानीकर्ताका लागि १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
बिक्रीमा ल्याइएका शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले यसमा सहभागी हुन भदौ २९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लघुवित्तका अनुसार लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने चाहनेले सम्पूर्ण कित्ता खरिद गर्न सक्नेछन्।





