NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Jhapa Energy Sells Electricity Worth Over NPR 47 Million in Five Months
    झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्री
    Investor
    1 min read
    Published on January 4, 2026
    NEPSE TRADING

    झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्रीJhapa Energy Sells Electricity Worth Over NPR 47 Million in Five Months

    झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यबराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ।

    कम्पनीका सञ्चालक समिति अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार उक्त अवधिमा झापा इनर्जीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो। शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा अवस्थित १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ।

    झापा इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन सुरु गरेको हो। यसअघि कम्पनी र प्राधिकरणबीच २०७८ साल मङ्सिर १२ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो।

    परियोजना निर्माणका लागि बुलुचोकमा २२ बिघा जग्गा खरिद गरिएको छ, जहाँ २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन्। परियोजनाबाट उत्पादित विद्युत् एक किलोमिटर दूरीभित्रै रहेको बुलुचोक सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

    कम्पनीको बिक्री क्रमशः बढ्दो क्रममा रहेको छ। झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् बिक्री गरेको थियो भने आव २०८१/८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए।

    सौर्य ऊर्जामार्फत स्वदेशी उत्पादन बढाउँदै आएको झापा इनर्जीले स्वच्छ ऊर्जाको विस्तारसँगै राष्ट्रिय विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

    Jhapa, Nepal — Solar power producer Jhapa Energy Limited has sold electricity worth NPR 47.09 million to the Nepal Electricity Authority within the first five months of the current fiscal year 2025/26 (FY 2082/83).

    According to Chairman of the Board, Lalbahadur Sawa Limbu, the company generated 6.52 million units of electricity between mid-July (Shrawan) and mid-December (Mangsir). The electricity produced by the company is being purchased by the Nepal Electricity Authority at a fixed rate of NPR 7.30 per unit.

    Jhapa Energy operates a 10-megawatt solar power project located at Shivasatakshi Municipality–4, Buluchowk in Jhapa district. The project began commercial electricity generation on Magh 10, 2080 (January 2024). Prior to this, a Power Purchase Agreement (PPA) between Jhapa Energy and the Nepal Electricity Authority was signed on Mangsir 12, 2078 (November 2021).

    For the development of the project, the company acquired 22 bighas of land, where 21,600 solar panels have been installed. The electricity generated at the plant is transmitted to the Buluchowk substation, located within one kilometer of the project site, and then integrated into the national transmission grid.

    The company’s electricity sales have shown consistent growth in recent years. Jhapa Energy sold solar power worth NPR 52.88 million in FY 2080/81, which increased significantly to NPR 91.06 million in FY 2081/82, Chairman Limbu stated.

    With increasing production and sales, Jhapa Energy is contributing to Nepal’s clean energy transition while strengthening domestic electricity generation through renewable solar power.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026