NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. International
    3. JP Group's Final Company Faces Collapse: The Rise and Fall of a Business Empire
    जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा: व्यापारिक साम्राज्यको  पतन
    International
    2 min read
    Published on June 18, 2024
    NEPSE trading

    जेपी ग्रुपको अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा: व्यापारिक साम्राज्यको पतन JP Group's Final Company Faces Collapse: The Rise and Fall of a Business Empire

    जेपी ग्रुपका स्वर्णिम दिनहरू

    कुनै समय द्रुतमार्ग, राजमार्ग, हाइराइज बिल्डिङ, अस्पताल र रियल इस्टेट विकासकर्ताका रूपमा प्रभूत्व जमाएको भारतको जेपी ग्रुप अहिले आफ्नो अन्तिम कम्पनी पनि डुब्ने स्थितिमा पुगेको छ। यो कथा हो जयप्रकाश समूह अर्थात् जेपी ग्रुपको।

    जेपी हेल्थकेयरको पतन

    जेपी ग्रुपको अन्तिम मूल्यवान कम्पनी, जेपी हेल्थकेयर, अहिले टाट पल्टिने अवस्थामा पुगेको छ। इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार देशका धेरै ठूला कम्पनीहरूले जेपी हेल्थकेयर किन्न चासो देखाइरहेका छन्, जसमा फोर्टिस हेल्थकेयर, अपोलो अस्पताल, मेदान्ता र म्याक्स हेल्थकेयर जस्ता ठूला खेलाडीहरू समावेश छन्।

    राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरण (एनसीएलटी) इलाहाबाद बेन्चले जेपी हेल्थकेयरलाई कर्पोरेट दिवालियापन र रिजोलुसन प्रक्रियाका लागि जेसी फ्लावर्स एसेट रिकन्स्ट्रक्सन कम्पनीले दायर गरेको याचिका मौखिक आदेशमा स्वीकार गरेको छ। यस आदेशको लिखित प्रतिलिपि भने आएको छैन।

    वित्तीय संकट

    केयर रेटिङ्सले गरेको खुलासा अनुसार कम्पनीको विभिन्न बैंकमा १० अर्ब रुपैयाँ ऋण छ। यद्यपि, यो जेपी समूहको लागि पहिलो पटकको घटना भने होइन। राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले ऋण संकटमा फसेका जयप्रकाश एसोसिएट्स लिमिटेडलाई खारेजी प्रक्रियामा जान स्वीकृति दिएको छ।

    जेपी ग्रुपको स्थापना र उत्थान

    अहिले कठिन अवस्थामा पुगेको जयप्रकाश समूहको जग २ सय १८ रुपैयाँ तलब लिने साधारण इन्जिनियर जयप्रकाश गौरले राखेका हुन्। सन् १९३१ मा यूपीको बुलन्दसहरमा जन्मेका जयप्रकाश गौर मध्यम वर्गका थिए। उनका बुबाले केही पैसा जोहो गरेर उनलाई रुडकीको सिभिल इन्जिनियरिङ कलेजमा भर्ना गराए।

    पढाइ सकेर उनले बेतवा नदीमा निर्माण भइरहेको बाँध आयोजनामा २ सय १८ रुपैयाँ तलब पाउने जागिर पाए। ठेकेदारले मासिक ५ हजार रुपैयाँ पारिश्रमिक लिइरहेको देखेपछि उनले जागिर छाडेर आफ्नै काम सुरु गर्ने निर्णय गरे। सन् १९५८ मा उनले आफ्नो व्यापार सुरु गरे।

    द्रुत विकास र सफलता

    केही वर्षको संघर्षपछि जयप्रकाश गौरको कम्पनीले देशको पहिलो एक्सेस कन्ट्रोल एक्सप्रेसवे निर्माण गर्ने ठेक्का पायो। कम्पनीले एक्सप्रेसवे, राजमार्ग र फर्मुला वान रेसिङ ट्र्याकजस्ता परियोजनाहरू निर्माण गर्यो। ग्रेटर नोएडा-आगरा एक्सप्रेसवे वा यमुना एक्सप्रेसवे जस्ता परियोजनाहरूमा जेपीको महत्वपूर्ण योगदान रहेको छ।

    कम्पनीले घरजग्गा क्षेत्रमा पनि धेरै नाम कमाएको छ। दिल्ली-एनसीआर क्षेत्रमा ३२ हजारभन्दा बढी फ्ल्याटहरू निर्माण गरेको छ। २ सय १८ रुपैयाँ तलब पाउने साधारण इन्जिनियरले करोडौंको कारोबार भएको कम्पनी स्थापना गरे।

    विविधीकरण र बृद्धि

    सन् १९८१ मा जेपी ग्रुपले होटल र हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर पहिलो होटल व्यवसाय सुरु गर्यो। १९८७ मा जयप्रकाश एसोसिएट लिमिटेड स्टक एक्सचेन्जमा सूचीकृत भयो। कम्पनीले १९९२ मा जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो। १९८६ मा जेपी सिमेन्ट सञ्चालनमा आएको थियो।

    जेपी इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड टेक्नोलोजीको आधार २००१ मा राखिएको थियो। २००८ मा जेपी इन्फ्रास्ट्रक्चर कर्पोरेसन अस्तित्वमा आएको थियो। २०११ मा जेपीले घरजग्गा क्षेत्रमा प्रवेश गरेको थियो भने २०१४ मा जेपीले मल्टि स्पेसलिटी अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको थियो।

    ऋणको बोझ

    देशमा मात्रै नभएर विदेशमा पनि कम्पनीको काम विस्तार हुन थाल्यो। १९७९ मा जेपी ग्रुपले इराकमा २ अर्ब ५० करोड रुपैयाँको काम पाएको थियो। २०१० मा जयप्रकाश गौरको सम्पत्ति बढ्दै जाँदा फोर्ब्स पत्रिकाको भारतीय अर्बपतिको सूचीमा ४८औं स्थानमा पुगेका थिए।

    डेढ अर्ब डलर सम्पत्ति भएका जयप्रकाश गौरको सम्पत्ति बढ्दै गयो तर, कम्पनीको कारोबार बढेसँगै कम्पनीमाथि ऋणको बोझ पनि बढ्दै गयो। कर्जा र ब्याजको बोझले कम्पनी चुक्न थाल्यो। ऋण तिर्नका लागि कम्पनीहरू एकपछि अर्को डुब्दै गए। पछिल्लो समय जेपी इन्फ्राको कारोबार सुरक्षा समूहले किनेको थियो।

    ऋण तिर्नका लागि कम्पनीले एकपछि अर्को गर्दै सिमेन्ट व्यवसाय बेच्नुपरेको थियो। ऋण कम्पनीको लागि विनाशको कारण बन्यो। यसरी, जेपी ग्रुपको उत्थान र पतनले तीव्र विस्तार र ऋणको उच्च निर्भरता कसरी सफल व्यापारिक साम्राज्यको पतनको कारण बन्न सक्छ भन्ने स्पष्ट गर्दछ।

    The Glory Days of JP Group

    Once a dominant force in the construction of expressways, highways, high-rise buildings, hospitals, and real estate, India's JP Group now faces the imminent collapse of its last standing company, JP Healthcare. This marks a significant chapter in the story of the Jaypee Group.

    The Downfall of JP Healthcare

    JP Healthcare, the final valuable asset of the JP Group, has reached the brink of bankruptcy. According to a report by The Economic Times, several major companies, including Fortis Healthcare, Apollo Hospitals, Medanta, and Max Healthcare, have expressed interest in acquiring JP Healthcare.

    The National Company Law Tribunal (NCLT) in Allahabad has orally ordered the initiation of the corporate insolvency and resolution process for JP Healthcare, based on a petition filed by JC Flowers Asset Reconstruction Company. A written copy of the order is yet to be received.

    The Financial Crisis

    Care Ratings has disclosed that the company owes approximately INR 10 billion to various banks. This is not the first time the JP Group has faced such dire financial circumstances. The NCLT had previously approved the insolvency process for debt-ridden Jaiprakash Associates Limited.

    The Origins and Rise of JP Group

    The foundation of the now-struggling Jaypee Group was laid by an engineer who once earned a modest salary of INR 218. Born in 1931 in Bulandshahr, Uttar Pradesh, Jaypee Gaur came from a middle-class family. After completing his civil engineering studies at Roorkee, he started working on the Betwa River dam project with a salary of just INR 218. Observing that contractors earned significantly more, he decided to start his own business in 1958.

    Rapid Expansion and Success

    After years of struggle, Gaur's company started to flourish. Jaypee Group was awarded the contract for the country's first access-controlled expressway. The company soon made its mark in constructing expressways, highways, and even a Formula One racing track. Notable projects include the 165-kilometer Greater Noida-Agra Expressway and the Yamuna Expressway. The company also built over 32,000 flats in the Delhi-NCR region.

    Diversification and Growth

    In 1981, Jaypee Group entered the hospitality sector, opening its first hotel. In 1987, Jaiprakash Associates Limited was listed on the stock exchange. The company expanded into hydropower in 1992 and cement in 1986. It established the Jaypee Institute of Information Technology in 2001 and Jaypee Infrastructure Corporation in 2008. By 2011, it ventured into real estate, and in 2014, into multi-specialty hospitals.

    The Burden of Debt

    As the company's operations expanded both domestically and internationally, so did its debt. In 1979, JP Group secured a contract worth INR 2.5 billion in Iraq. By 2010, Jaypee Gaur was listed as the 48th richest Indian by Forbes, with assets worth $1.5 billion. However, the increasing debt burden began to take its toll on the company, leading to the sale of various assets, including cement plants, to repay loans. Eventually, debt became the downfall of the Jaypee Group.

    In conclusion, the rise and fall of JP Group serve as a stark reminder of how rapid expansion and heavy reliance on debt can lead to the collapse of even the most successful business empires.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026