·
ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो, ३५ दिनभित्र विद्यमान सेयरधनीलाई आवेदन आह्वान
Author
NEPSE TRADING

ज्योति विकास बैंकले आफ्ना संस्थापक सेयरहरू बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी पहिलो चरणमा सेयर बिक्री प्रक्रिया सुरू गरेको जानकारी गराएको छ।
बैंकका अनुसार संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा उक्त सेयरलाई आम सर्वसाधारणका लागि पनि खुला गरिने बैंकले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।



