
ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा राख्यो, ३५ दिनभित्र विद्यमान सेयरधनीलाई आवेदन आह्वानJyoti Bikash Bank Puts Founder Shares Up for Sale; Existing Promoters Given 35 Days to Apply
ज्योति विकास बैंकले आफ्ना संस्थापक सेयरहरू बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी पहिलो चरणमा सेयर बिक्री प्रक्रिया सुरू गरेको जानकारी गराएको छ।
बैंकका अनुसार संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र आवेदन नपरेमा उक्त सेयरलाई आम सर्वसाधारणका लागि पनि खुला गरिने बैंकले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।
Jyoti Bikash Bank has announced that it has placed its founder (promoter) shares for sale. The bank has opened the first phase of the sale exclusively for existing promoter shareholders, giving them the initial right to purchase the shares.
According to the notice, promoter shareholders have been given 35 days to submit their applications for purchasing the shares. If the bank does not receive applications within this period, the shares will then be made available for purchase by the general public as well.
Interested promoter shareholders must submit their applications at the bank’s central office located in Kamalpokhari, Kathmandu.




