
कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने : सर्वसाधारणका लागि २८.७० लाख कित्ता शेयरKalanga Hydro to Launch IPO from May 21: 2.87 Million Shares for General Public
कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जेठ ८ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरेको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि अवसर खुला गरिएको हो।
कम्पनीले कुल जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १४ लाख कित्ता स्थानीय बासिन्दाका लागि र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकिएको छ। साथै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको थियो।
अब कम्पनीले बाँकी रहेको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गतेसम्म खुला रहनेछ।
रेटिङ्गको हिसाबले केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यसले लगानीकर्तालाई लगानी गर्दा जोखिमको पक्ष पनि ध्यान दिनुपर्ने सन्देश दिन्छ।
कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत करिब ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २८ करोड रुपैयाँभन्दा बढी रहेको यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउण्टेड अवधि १८ वर्षभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध हुनेछ।
जलविद्युत क्षेत्रमा थप लगानीको अवसरका रूपमा हेरिएको यो आईपीओले साना लगानीकर्तालाई ऊर्जा क्षेत्रमा सहभागी हुने अर्को विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।
Kalanga Hydro Limited is set to open its Initial Public Offering (IPO) for the general public from May 21 (Jestha 8). The company is entering the second phase of its IPO issuance after completing allocation for project-affected locals and Nepalis working abroad.
The company had received approval to issue 35% of its total paid-up capital of NPR 1.40 billion, equivalent to 4.9 million shares. Out of this, 1.4 million shares were already allocated to local residents and 350,000 shares to Nepalis employed abroad. Additionally, 195,000 shares were distributed to mutual funds and 105,000 shares to company employees.
In this phase, the company will issue the remaining 2.87 million shares to the general public at a face value of NPR 100 per share. Investors can apply for a minimum of 10 shares and a maximum of 20,000 shares. The issue will close early on May 26 (Jestha 13) and, if not fully subscribed, will remain open until June 4 (Jestha 22).
CARE Ratings Nepal has assigned the company a ‘CARE-NP Double B Issuer Rating,’ indicating a moderate level of risk in its ability to meet financial obligations. This suggests that investors should carefully assess the risk factors before investing.
Kalanga Hydro is currently operating a 15.33 MW Kalangagad Hydropower Project, with a total project cost of approximately NPR 4.33 billion. The cost per megawatt stands at around NPR 28.3 million. The project has been in commercial operation since February 10, 2023 (Magh 27, 2079). The simple payback period is estimated at 9.29 years, while the discounted payback period is around 18.01 years.
Sanima Capital Limited has been appointed as the issue and sales manager. Investors can apply through ASBA-approved banks and financial institutions or via the CDSC’s online platform “Mero Share.”
The IPO is expected to provide investors with another opportunity to participate in Nepal’s growing hydropower sector, which continues to attract interest due to its long-term potential.




