NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Kalash Stock Market Conducts Free Share Education Program
    कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न
    Investor
    1 min read
    Published on February 19, 2026
    NEPSE TRADING

    कलश स्टक मार्केटद्वारा निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्नKalash Stock Market Conducts Free Share Education Program

    काठमाडौँ — बुद्धनगर–१० मा मुख्य कार्यालय रहेको Kalash Stock Market Pvt. Ltd. (ब्रोकर नं ७४) ले शेयर बजारमा आवद्ध लगानीकर्ताहरूलाई लक्षित गर्दै निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

    २०८२ साल फागुन ६ गते, बुधबार काठमाडौँको गोङ्गबुस्थित बी.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा लगानी रणनीति, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमका स्रोत व्यक्ति पूँजी बजार विश्लेषक सञ्जोग कोइरालाले शेयर बजारका विविध पक्ष, जोखिम व्यवस्थापन, दीर्घकालीन लगानी तथा बजार प्रवृत्तिबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। उहाँले सुरक्षित र सचेत लगानीका लागि ज्ञान र अनुशासन आवश्यक रहेकोमा जोड दिनुभयो।

    कार्यक्रम सञ्चालन गर्दै कम्पनीका प्रतिनिधि रविन महतले कम्पनीले समय–समयमा देशका विभिन्न स्थान तथा अनलाइन माध्यमबाट वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। यस्ता कार्यक्रमले लगानीकर्ताको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

    यसैगरी, कम्पनीका अध्यक्ष प्रदिप के.सी.ले आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ विस्तार गर्दै देशव्यापी रूपमा सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो।

    कलश स्टक मार्केटले काठमाडौँको बुद्धनगरस्थित मुख्य कार्यालय तथा बुटवलको मिलनचोक शाखामार्फत डिम्याट र टीएमएस खाता खोल्ने तथा सेयर कारोबार सेवा प्रदान गर्दै आइरहेको छ। साथै, हरेक शुक्रबार साँझ ७ बजे जुममार्फत साप्ताहिक शेयर बजार विश्लेषण तथा लाइभ प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    यस्ता कार्यक्रममार्फत कम्पनीले लगानीकर्तालाई सचेत, सक्षम र जिम्मेवार बनाउँदै पूँजी बजारमा स्वस्थ सहभागिता बढाउने लक्ष्य लिएको जनाएको छ।

    Kathmandu — Based in Buddhanagar–10, Kalash Stock Market Pvt. Ltd. (Broker No. 74) has successfully conducted a free share market education program targeting investors.

    The program was held on Wednesday, Falgun 6, 2082, at BG Banquet & Event Center, Gongabu, Kathmandu. The session focused on investment strategies, fundamental analysis, and technical analysis, with the participation of a large number of investors.

    Capital market analyst Sanjog Koirala served as the resource person for the program. He highlighted various aspects of the stock market, including risk management, long-term investment planning, and current market trends. He emphasized the importance of discipline and knowledge for safe and sustainable investment.

    Speaking at the event, program coordinator Rabin Mahat stated that the company has been regularly organizing financial literacy and share education programs across different parts of the country and through online platforms for investors worldwide.

    Similarly, Chairman Pradip KC said that the company aims to expand such awareness and training programs in the near future to further strengthen investor capacity.

    Kalash Stock Market has been providing Demat and TMS account services through its head office in Buddhanagar and its branch office in Milanchowk, Butwal. The company also conducts a weekly online share market analysis and live Q&A session every Friday at 7:00 PM via Zoom.

    Through such initiatives, the company aims to promote informed, responsible, and confident participation of investors in the capital market under the framework of the Nepal Stock Exchange.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026