
Investor
1 min read
NEPSE TRADING
कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई ६.८४ लाख कित्ता शेयरKalinchok Hydropower to Open IPO for General Public from March-End
काठमाडौं — Kalinchok Hydropower Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) चैत २२ गतेदेखि खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणतर्फ आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँट गरिसकेको छ।अब कम्पनीले सामूहिक लगानी कोषका लागि ४१ हजार २५० कित्ता र कर्मचारीका लागि १६ हजार ५०० कित्ता सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्ने भएको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन हुने यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।कम्पनीका अनुसार आईपीओ छिटोमा चैत २५ गतेसम्म र ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक RBB Merchant Banking Limited रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने CDS and Clearing Limited को ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना कुल १ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण भएको हो। प्रतिमेगावाट लागत करिब २४ करोड १४ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ। कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष र छुट मूल्य (डिस्काउण्टेड) आधारमा १५.३६ वर्ष रहेको छ।ऊर्जा क्षेत्रमा लगानीको अवसरका रूपमा हेरिएको यस आईपीओले विशेषगरी साना लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। साथै, जलविद्युत क्षेत्रमा निरन्तर लगानी विस्तार भइरहेका बेला यस्तो निष्काशनले पूँजी बजारलाई थप चलायमान बनाउन योगदान पुर्याउने विश्लेषण गरिएको छ।
Kathmandu — Kalinchok Hydropower Limited is set to open its Initial Public Offering (IPO) for the general public from Chaitra 22, marking the second phase of its share issuance. The company has already completed the allocation of shares reserved for project-affected locals and Nepali workers employed abroad.The company had received approval to issue 25 percent of its total paid-up capital worth Rs 55 crore, equivalent to 1.375 million shares valued at Rs 13.75 crore. Out of this, 550,000 shares were allocated to local residents and 82,500 shares to Nepalis working overseas, which have already been distributed.In the second phase, the company will issue the remaining 684,750 shares to the general public. It has set aside 41,250 shares for mutual funds and 16,500 shares for employees. The IPO will be issued at a face value of Rs 100 per share, with investors allowed to apply for a minimum of 10 shares and a maximum of 10,000 shares.According to the company, the IPO will remain open until Chaitra 25 at the earliest and can be extended up to Baisakh 6, 2083 if not fully subscribed. CARE Ratings Nepal has assigned the company a ‘CARE-NP BB’ issuer rating, indicating a moderate level of risk in meeting its financial obligations.The issue manager for the IPO is RBB Merchant Banking Limited. Investors can apply through the C-ASBA system via banks and financial institutions, or online through the ‘Mero Share’ platform operated by CDS and Clearing Limited.Kalinchok Hydropower is currently operating the 5 MW Sangu (Sorun) Khola Hydropower Project, which has been developed at a total cost of approximately Rs 1.20 billion. The cost per megawatt stands at around Rs 24.14 million. The project still has a power generation license validity of 29 years and 5 months remaining.The company estimates a simple payback period of 9.19 years and a discounted payback period of 15.36 years. Analysts believe that the IPO presents an opportunity for retail investors to participate in Nepal’s hydropower sector, which continues to attract attention despite moderate risk ratings.




